×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंका दुई सहकारी खारेज हुँदै, लेनदेन बाँकी भए सम्पर्क गर्न महानगरको आह्वान !

PRIME CA

काठमाडौंका दुई सहकारी खारेज हुँदै, लेनदेन बाँकी भए सम्पर्क गर्न महानगरको आह्वान !

२२ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंका दुईवटा सहकारीले संस्थाको दर्ता खारेजीका लागि निवेदन दिएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी र चाहविलस्थित सुकस बचत तथा ऋण सहकारी संस्थाले खारेजी स्वीकृतिका लागि महानगरमा निवेदन दिएका हुन् ।

दर्ता खारेजीको निवेदनसँगै यी सहकारीबाट कर्जा लिएर तिर्न बाँकी रहेको वा बचत नलिएका सदस्यहरुलाई सम्पर्कमा आउन महानगरले आग्रह गरेको छ । एक सूचना जारी गर्दै महानगरले सूचना प्रकाशित भएको १५ दिनभित्र लेनदेन बाँकी भएकाहरुले महानगरको सहकारी विभागमा सम्पर्क गर्न आह्वान गरेको छ । अन्यथा संस्था खारेजी प्रश्चात कुनै पनि दाबी विरोधको जिम्मा विभागले नलिने महानगरले प्रष्ट पारेको छ ।

दुवै सहकारी विनियम बमोजिम हाल सञ्चालनमा नरहेकोले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी र सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेजीको लागि महानगरले सूचना प्रकाशन गरेको हो ।

महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ मा ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएमा र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: