×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

Artha Sarokar

१४ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले हवाई टिकटमा लगाएको भ्याटविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

सरकारको उक्त निर्णयविरुद्ध ३ हजारभन्दा बढी ट्राभल तथा टुर अपरेटरहरुको छाता संगठन ‘नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स’ (नाट्टा)ले सर्वोच्चमा रिट दायर गरेको थियो । नाट्टाको सोही रिट उपर सुनुवाई गर्दै न्यायधीश अनिलकुमार सिन्हाले अल्पकालीन आदेश जारी गरेका हुन् । आदेशसँगै अदालतले सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ ।

नाट्टाले सर्वोच्चमा दायर गरेको रिटमा हवाई टिकटमा भ्याट लगाउने निर्णय व्यवसायमैत्री नभएको, आन्तरिक राजस्व विभागद्धारा जारी सूचना अस्पष्ट भएको, अध्ययन नगरी हवाई टिकटमा भ्याट लगाउने निर्णय गरिएको र यसले पर्यटन व्यवसायलाई निरुत्साहित गर्ने भन्दै व्यवसायीहरुले रिट दायर गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी