Skip to content
LAXMI SUNRISE BANK

सुनकाण्डपछि त्रिभुवन विमानस्थल भन्सारको नेतृत्व फेरियो, पाण्डेको ‘इन्ट्री’, पोखरेललाई हटाइयो !

अर्थ सरोकार

काठमाडौं । १०० किलो सुन तस्करी प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नेतृत्व फेरिएको छ । मंगलबार अर्थ मन्त्रालयले भन्सार प्रमुखको जिम्मेवारीबाट अरुण पोखरेललाई हटाउँदै प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेलाई दिएको हो ।

तत्कालीन भन्सार प्रमुखमा पोखरेल भएकै बेला हालसम्मकै भयानक सुन तस्करी भएको भन्दै अर्थ मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको हो । विमानस्थल परिसरबाट १०० किलो सुन बरामद भएकै बैला उनी बिदामा थिए । उनी पछिल्लो २ महिनादेखि बिदा बसेका थिए ।

हाल भन्सार प्रमुखको जिम्मेवारी पाएका पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थमन्त्रालयमा सरुवा भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK