×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर तामाकोशीमा ‘खुलेआम सूचना चुहावट’, कम्पनीका संचालक र बोर्डका कर्मचारीमाथि नै शंका, होला त अनुसन्धान ?

PRIME CA

अपर तामाकोशीमा ‘खुलेआम सूचना चुहावट’, कम्पनीका संचालक र बोर्डका कर्मचारीमाथि नै शंका, होला त अनुसन्धान ?

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । हुन त नेपाली सेयर बजारमा सूचना चुहावट हुनु र सोहि अनुसार बाठाले सेयर किनबेच गर्ने कुरा नौलो होइन । तर पछिल्लो समय, केहि कम्पनीमा खुलेआम नै सूचना चुहावट हुने गरेको छ । यसो त यसरी सूचना चुहाउनेहरुलाई नियामकले कारवाही गर्न नसक्दा कम्पनीहरु छाडा भईरहेका छन् । अजोड इन्स्योरेन्स प्रकरणलाई यसको पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । र यस्तै भयो अपर तामाकोशीको हकमा पनि ।

अपर तामाकोशी हाइड्रोपावर लिमीटेडलाई धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद निश्कासनको स्वीकृति दिएको छ । नियामक नेपाल धितोपत्र बोर्डले १०० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति शुक्रबार दिएको हो । तर बुधबार र बिहीबार नै यो सूचना बोर्डका केहि कर्मचारी र कम्पनीका केहि संचालकबाट चुवाहट भईसकेको थियो । सोहि अनुरुप बिहिबारको कारोबार यो कम्पनीको सेयर मूल्यले सर्किट नै हान्यो ।

कम्पनीले हकप्रदका लागि बोर्डसँग स्वीकृति मागेको र बोर्डले सो स्वीकृति शुक्रबार दिन लागेको सूचना चुहिएपछि बोर्डकै कर्मचारीका केहि आफन्त र संचालकका विभिन्न समूहहरुले सो सेयर किनेका छन् । बोर्डका कर्मचारीका केहि आफन्तले भने सो सेयर सर्किट लाग्नै लाग्दा बेचेका समेत छन् । बोर्डकै एक अधिकारीले दिएको जानकारी अनुसार यसरी बोर्डकै कर्मचारीले समेत सूचना लिक गर्ने गरेका छन् । पछिल्लो समय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई असहयोग गर्ने, उनलाई बदनाम गर्न खोज्ने बोर्डभित्रकै केहि कर्मचारीहरु यस्तो अपराधिक खेलमा लागेको स्वयम् बोर्डका कर्मचारीहरु बताउँछन् ।

अहिले बजारमा अपर तामाकोशीको मूल्य बढाएर प्रतिकित्ता ४७४ रुपैयाँ पुर्याइएको छ । हकप्रदको निर्णयको अघिल्लो दिन सेयर मूल्यमा सर्किट लागेको कारण सूचना चुहावट नै रहेको बजारका जानकारहरुको समेत दाबी छ । यस विषयमा संचालक नै तोकेर एक समूहले धितोपत्र बोर्डमा उजुरी गर्ने तयारी गरिरहेको बुझिएको छ । यद्यपी यस्ता गलत काम गर्नेलाई कारवाही हुन्छ भन्ने विषयमा भने लगानीकर्ताले विश्वास गरिहाल्ने स्थिति छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: