×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुंगल नगरपालिकामा कर्मचारीको मनपरी, ‘रित्तो कार्यालय’को भिडियो खिचेको भन्दै स्थानीयमाथि कुटपिट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुंगल नगरपालिकामा कर्मचारीको मनपरी, ‘रित्तो कार्यालय’को भिडियो खिचेको भन्दै स्थानीयमाथि कुटपिट !

Artha Sarokar

१९ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सामाजिक सञ्जालमा भिडियो राखेको भन्दै बझाङका स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट भएको छ । बझाङको बुंगल नगरपालिकाको आईटी शाखा प्रमुख रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट गरेका हुन् ।

जोशीले बुधबार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडियो खिचेका थिए । जोशीले खिचेको उक्त भिडियोमा पूरै कार्यालय खाली देखिन्छ । कार्यालय समयमा न कार्यालयमा जनप्रतिनिधि थिए, न त कार्यालयका कर्मचारी । झण्डै ३ मिनेटको उक्त भिडियोमा नगरपालिका कार्यालयकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा एकजना मात्रै कर्मचारी देखिन्छन् ।

कार्यालय समयमा नगरपालिकामा कर्मचारी नभएको भन्दै उक्त भिडियो सार्वजनिक भएसँगै नगरपालिकाका आईटी शाखा प्रमुख कार्कीले स्थानीय जोशीमाथि कुटपिट गरेका हुन् । जोशीका अनुसार कुटपिटको समयमा शाखा प्रमुख कार्कीले मदिरा सेवन गरेका थिए ।

उक्त विषयमा जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले थप अनुसन्धान गरिरहेको बताएका छन् । ‘यो विषयमा प्रहरीमा पुगेको छ । एक चरणको छलफल भएको अवस्था हो ।’, उनले भने, ‘दुवै पक्षबीच छलफल गर्छौं, गल्ती वा कसुरका आधारमा दोषीलाई कार्वाही गर्छौं । अहिले यो विषय अनुसन्धानकै क्रममा छ ।’

यता नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले भने आईटी शाखा प्रमुख कार्कीको बचाउन गर्न खोजे । कुटपिटको भिडियोमा स्पष्ट नगरपालिकाको विषयमा भनाभन भएको सुुनिन्छ । तर, नगर प्रमुख धामीले भने उक्त कुटपिट दुवै पक्षको आन्तरिक असन्तुष्टी र द्वन्दका कारण भएको बताए । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनेका छन्- ‘उनीहरुबीचको कुटपिट आपसी कलह र आन्तरिक द्वन्दको परिणाम हो । यसमा नगरपालिका सम्बन्धित छैन । आपसी कलहलाई नगरपालिकासँग जोडिएको मात्रै हो ।’

पदीय मर्यादामा बसेको व्यक्तिले खुलेयाम मान्छे कुट्न मिल्छ ? भन्ने हाम्रो प्रश्नमा नगर प्रमुख धामीले उक्त विषयमा थप बुझ्ने र आवश्यकता अनुसार छानबिन गरी कार्वाही गर्नुपरे कार्वाही गर्ने बताएका छन् ।

यसो त नगर प्रमुख धामीले कार्यालयमा कर्मचारी नभएको भिडियो सार्वजनिक भएको प्रति पनि आपत्ति जनाएको छ । कर्मचारी खाजा खान गएको बेला जोशीले उक्त भिडियो खिचेको उनको आरोप रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी