काठमाडौं । बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका पूर्व शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा पक्राउ परेका छन् । बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका सापकोटालाई प्रहरीले भदौ १० गते काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. १ (साविकको बलखु गाविस वडा नं–८) स्थायी घर भएका सापकोटा लघुवित्तको शाखा प्रमुख भएको बेला बचतकर्ताको करोडौं रकम हिनामिना गरेका थिए । उनी लघुवित्तमा आबद्ध २५७ जना सदस्यहरुको ३ करोड ८४ लाख ३९ हजार ३ सय ६० रुपैया हिनामिना गरेर फरार भएका थिए ।
सापकोटाविरुद्ध लघुवित्तको उक्त शाखाका वर्तमान शाखा प्रमुख बैकुण्ठ लुईटेलले गत २०७९ फागुन १५ गते प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सापकोटाले शाखा प्रमुख हुँदा बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।’, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बलिष्टार सिंहले भने, ‘हाल उनीमाथि थप अनुसन्धान गर्दैछौँ ।’
सापकोटाविरुद्ध परेको उजुरीमा समूहका २५७ सदस्यहरुको किर्ते तमसुक बनाएर नक्कली कागजात खडा गरी अनियमितता गरेको उल्लेख छ । हाल उनलाई बैंकिङ कसुरको मुद्धामा पक्राउ गरी अदालतको आदेश अनुसार उच्च अदालत मोरङको विराटनगरमा पेश गरिएको छ ।
उनले लघुवित्तका सदस्यहरुको नागरिकता र फोटोकोसमेत दुरुपयोग गरी डिम्याट खाता खोलेर सेयरमा लगानी गरेको समेत आरोप लागेको छ । तर, लघुवित्त भने कर्मचारीलाई दोषी देखाउँदै बचतकर्ताको बचत फिर्ता गर्नबाट पन्छिरहेको बचतकर्ताहरुको आरोप छ । यसो त लघुवित्तका कर्मचारीले बचतकर्तालाई लघुवित्तविरुद्ध उजुरी दिन पनि रोकेको बचतकर्ताहरुको गुनासो रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्