काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्दा ‘झुटो’ विवरण सार्वजनिक गरेको छ । बैंकले बैंकको लाभांश क्षमता १९.८९ प्रतिशत रहेको भनी झुटो विवरण प्रकाशित गरेको हो । जवकि बैंकले सार्वजनिक गरेको तथ्यांकहरु हिसाब गर्दा बैंकको लाभांश क्षमता १४.९० मात्र हुन्छ । यसले गलत तथ्यांक छापेर बैंकले सेयरधनीलाई गुमराहमा राख्न खोजेको आशंका बढेको छ ।
बैंकका फाइनान्स अफिसर प्रेम श्रेष्ठले बैंकले सार्वजनिक गरेको तथ्यांक गलत भएको स्वीकारेका छन् । ‘हो, डिपिएस गलत छापिएछ, करेक्सन हुन्छ ।’ श्रेष्ठले भने- ‘भोलिको पत्रिकामा करेक्सन गर्छौं ।’ उनले भोलि भुलसुधार गर्ने भने पनि यसबाट सेयरधनीहरु भ्रममा परिसकेका छन् भने यहि रिपोर्ट हेरेर लगानीकर्ताहरुले सेयर किनिरहेका छन् । यस विषयमा प्रश्न गर्दा श्रेष्ठले भने -‘अँ ! गलत नै भएको रहेछ, अव भोलि करेक्सन भईहाल्छ ।’
यस विषयमा बैंकको गुनासो इकाईमा फोन गर्दा गुनासो इकाईका प्रमुख हिरा लामा आजै बिदा बसेको पाइएको छ । उनको फोन नम्बर अहिले भोला नेपालले उठाईरहेका छन् । नेपालले यस विषयमा आफुलाई थाहा नहुने र फाइनान्स तथा लेखा विभाग प्रमुख बासु अधिकारीलाई फोन गर्न भन्दै उनको नम्बर दिए । तर चौतर्फी गुनासो आएपछि अधिकारी आज फोन नै अफ गरेर बसेका छन् ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दा गरेको यस्तो गल्ती गल्ती मात्र नभई चलखेलको माध्यम हुन सक्ने शंका लगानीकर्ताहरुले गरेका छन् । राम्रो विवरण देखाएर सेयर भाउमा चलखेल गरी बेच्ने र भोलिपल्ट सुधार गरेर सेयरको भाउ घटाएर आफन्तकानाममा किन्ने काममा बैंककै कर्मचारीहरु लागेको चर्चा भईरहेका बेला यो घटनाले सो शंकालाई थप पुष्टी नजिक लगेको लगानीकर्ताको आरोप छ । यद्यपी बैंकका उच्च अधिकारीहरुले भने बैंकका कर्मचारीहरु यस्तो घटनामा संलग्न भएको पाइएमा कारवाही हुने बताउँछन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्