×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुम्लामा रक्सी खान कार्ड लिनुपर्ने, बेच्नेलाई पनि लाइसेन्स अनिवार्य, कार्डबिना रक्सी खाए कार्वाही हुने !

PRIME CA
GLOBAL IME BANK

जुम्लामा रक्सी खान कार्ड लिनुपर्ने, बेच्नेलाई पनि लाइसेन्स अनिवार्य, कार्डबिना रक्सी खाए कार्वाही हुने !

१७ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जुम्लामा रक्सी खानेले अनिवार्य रुपमा कार्ड लिनुपर्ने भएको छ । जुम्लाको गुठीचौर गाउँपालकाले भदौ १ गतेदेखि लागू हुने गरी रक्सी सेवन गर्नका लागि कार्ड अनिवार्य गरेको हो ।

गाउँपालिकाले मदिरा नियन्त्रण कार्यविधि २०८० पास गर्दै यस्तो नियम लागू गरेको हो । गाउँपालिकामा यस्तो नियम लागू भएसँगै अब कार्डबिना रक्सी सेवन गर्न पाइनेछैन । जसका लागि रक्सी सेवन गर्नेहरुले साउन महिनाभित्रै अनिवार्य रुपमा कार्ड लिनुपर्नेछ ।

त्यस्तै, रक्सी बेच्नेहरुले पनि अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने भएको छ । कार्यविधिअनुसार गुठीचौर गाउँपालिकामा रक्सी बेच्ने होलसेल व्यापारीहरुले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्रै पसल खोल्न पाइनेछन् भने खुद्रा पसलले बेलुका ६ बजेदेखि ९ बजेसम्म मात्रै रक्सी बेच्न पाउनेछन् । रक्सी बेच्ने पसलहरुले अन्य सामान भने बेच्न पाउने छैनन् । यसरी रक्सी खान कार्ड लिएकाहरुलाई पनि दैनिक १८० मिलिलिटर रक्सी र बियरको हकमा १ बोत्तल मात्रै दिन पाइनेछ ।

रक्सी सेवन कार्डको मूल्य वार्षिक ५ सय र नवीकरण शुल्क ५ सय रुपैयाँ तोकिएको छ । अतिथि कार्डका लागि प्रत्येक दिन १ सय रुपैयाँ शुल्क लाग्नेछ । गाउँपालिकाको नियम नमान्नेलाई जरिवाना पनि तिराउने कार्यविधिमा उल्लेख छ । नियम उल्लंघन गर्नेलाई पहिलो पटक १ हजार जरिवाना लाग्नेछ भने सोही व्यक्तिले पटक–पटक नियम तोडेमा हरेक पटक २ हजारका दरले जरिवाना बढ्दै जानेछ । मदिरा विक्रेताले नियम उल्लंघन गरे भने पहिलो पटकलाई १० हजार र त्यसपछि पटकैपिच्छे २० हजारका दरले जरिवाना बढ्दै जाने सूचनामा उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: