×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकमा आउने निर्णय भएको करोडौँ रुपैयाँ लिएर हुलाक बैंकका कर्मचारी भागे, बचतकर्ताको पैसा के हुन्छ ?

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकमा आउने निर्णय भएको करोडौँ रुपैयाँ लिएर हुलाक बैंकका कर्मचारी भागे, बचतकर्ताको पैसा के हुन्छ ?

८ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । हुलाक बचत बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने नेपाल सरकारको निर्णयपछि जनकपुरस्थित हुलाक बचत बैंकका कर्मचारी बचतकर्ताको करोडौँ रुपैयाँ लिएर भागेका छन् । बैंकको जिम्मेवारी सम्हाल्दै आएका कर्मचारी सुनिल कुमार दास बैंकमा नै ताल्चा लगाएर भागेका हुन् ।
केहि समयअघि मात्र सरकारले हुलाक बचत बैंकका खाता राष्ट्रिय बाणिज्य बैंकमा ट्रान्सफर गर्ने निर्णय गरेको थियो । तर सम्पूर्ण कागजात राष्ट्रिय बाणिज्य बैंकलाई जिम्मा नै नलगाई बैंकका कर्मचारी फरार भएका हुन् । दासमाथि रकम अपचलनको पनि आरोप बचतकर्ताहरुले लगाएका छन् । अहिले कर्मचारी दास भागेपछि यसको जिम्मा न हुलाक बैंकले लिईरहेको छ, न राष्ट्रिय बाणिज्य बैंकले नै ।
हुलाक बचत बैंक कर्मचारी भागेकाले आफुसँग हिसाब नै नभएको तर्क गर्छ भने राष्ट्रिय बाणिज्य बैंक अहिलेसम्म ती आफुहरुलाई हरहिसाब हस्तान्तरण नै नभएकोले आफुहरुले केहि पनि गर्न नसक्ने तर्क गर्छ । यस्तो अवस्थामा बचतकर्ताहरु अलपत्र परेका छन् ।
रसिद छ, सिष्टममा पैसा छैन !
दासले बैंकको रकम अपचलन गरेको तथ्यसमेत भेटिएको बचतकर्ताको भनाई छ । कतिपय बचतकर्तासँग डिपोजिट गरेको भौचर छ, तर सिष्टममा उनीहरुको पैसा देखिंदैन । साहले नक्कली भौचर दिएर रकम आफैं चलाएको हुन सक्ने शंका गरिएको छ । कार्यालयबाट बिरामी बिदा लिएर फरार भएका दास साउनदेखि नै सम्पर्कविहीन छ । उनको फोन पनि स्वीच अफ गरिएको छ । साउन १४ गतेदेखि गायब भएपछि घरमा ताकेता पठाउँदा १७ गते उनको बुवाले ३२ गतेसम्मको बिरामी विदाको निवेदन लिएर आएको तर त्यसपछि पनि उनी सम्पर्कविहीन भएको बैंकको भनाई छ ।
हुलाक सेवा विभागका सूचना अधिकारी ध्रुवराज आचार्य हुलाक बचत हेर्ने जिम्मा केन्द्रीय कार्यालय धनादेशको रहेकाे बताउँछन् । घटना घटेको जानकारी आएपछि छानविन समिति गठन गरिएको र समितिको राय अनुसार प्रक्रिया अगाडी बढ्ने उनको भनाई छ । यद्यपी उनले बचतकर्ताको रकम कुनै पनि हालतमा नहराउने दाबी गरेका छन् । ‘दासको खोजी भईरहेको छ । उनी सम्पर्कमा नआए के गर्ने भन्ने विषयमा हामी छलफलमै छौँ । बचतकर्ताको पैसा कतै जाँदैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: