×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीआईबीको ‘केटाकेटी पारा’: नाम जुधेकै भरमा नक्कली भनेर सक्कली डाक्टर पक्राउ, पोल खुलेपछि सुटुक्क छोड्ने तयारी !

अर्थ सरोकार

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार

PRIME CA

सीआईबीको ‘केटाकेटी पारा’: नाम जुधेकै भरमा नक्कली भनेर सक्कली डाक्टर पक्राउ, पोल खुलेपछि सुटुक्क छोड्ने तयारी !

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर सक्कली डाक्टरलाई पक्राउ गरेको खुलासा भएको छ । ‘अपरेशन फक्सट्रट’का नाममा सीआईबीले नक्कली भनेर महोत्तरीका सक्कली डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गरेको खुलासा भएको हो ।

सीआईबीले नक्कली भनेर पक्राउ गरेको यादवको शैक्षिक प्रमाणपत्र सक्कली भएको पाइएको छ । रञ्जित कुमार यादव नाम गरेका अर्कै नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सक्कली डाक्टरलाई पक्राउ गरेपछि अहिले सीआईबीको कार्यशैलीमाथि प्रश्न उठेको छ ।

यता सीआईबीले भने पक्राउ परेका यादवको बुवाको नामबाहेक अन्य सबै विवरण मेल खाएपछि पक्राउ गरिएको बताएको छ । सीआईबी स्रोतका अनुसार नक्कली भनेर पक्राउ परेका सक्कली डाक्टर यादवलाई छोड्ने तयारी गरिएको छ । हाल उक्त प्रकरणमा संलग्न रहेको आरोपमा ७ जना सीआईबीको हिरासतमा रहेका छन् ।

यसअघि सोही प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मालाई अदालतले थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: