काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ सरोकारले नेपाली बैंकिङ क्षेकको प्रवद्र्धन र पहुँच विस्तारको काममा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अर्थ सरोकार डटकमको सातौँ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले मुलुकको अािर्थक समृद्धि र अर्थतन्त्र सुधारको मुख्य आधार आन्तरिक उत्पादन वृद्धि र सेवा प्रवाहलाई सहज बनाउन मुलुकलाई डिजिटलाइज गर्ने राज्यको अभियानलाई सार्थक कार्यान्वयनका लागि अर्थ सरोकार डटकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
आर्थिक सूचनाको विषयमा समाजप्रति उत्तरदायित्व लिँदै निष्पक्ष, विश्वसनीय आर्थिक समाचारमार्फत वित्तीय चेतना अभिवृद्धि गर्न एवम् युवाहरूमा उद्यमशीलता विकास गराउन अर्थ सरोकार डटकम आगामी दिनमा समेत सफल हुँदै जानेछ भन्ने अपेक्षा गर्दै गभर्नर अधिकारीले सातौँ वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका छन् ।
सातौँ वार्षिकोत्सवको अवसरमा अर्थ सरोकारलाई गभर्नर अधिकारीको शुभकामनाः
शुभकामना
शुभम् मिडिया प्रा.लि. द्वारा सञ्चालित अर्थ सरोकार डटकम स्थापनाको सातौँ वर्ष पूरा, गरी आठौं वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अर्थ सरोकार डटकमले देश, जनता र मुलुकको आर्थिक सुव्यवस्थाका लागि पत्रकारिताको माध्यमबाट प्रभावकारी भूमिका खेल्ने मैले विश्वास लिएको छ ।
समग्र राज्य प्रणालीको मेरुदण्डको रूपमा रहेको अर्थतत्वको बारेमा यथार्थ अध्ययन, अनुसन्धान र विश्लेषणबाट मात्रै आर्थिक समृद्धिको बाटो निर्धारण गर्न सक्छ । आन्तरिक उत्पादनमा जोड दिदै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु आजको प्राथमिक दायित्व हो । यसमा सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहन्छ ।
उत्पादनमूलक अर्थतन्त्रलाई जोड दिएर मात्रै बढ्दो व्यापार घाटा कम गर्दै अर्थतन्त्रलाई सन्तुलित र चलायमान बनाउन सकिन्छ । नेपालमा अर्थतन्त्रका प्रमुख आधारहरू कृषि, जलस्रोत, पर्यटन र सूचना प्रविधि हुन् । हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोगमार्फत आन्तरिक उत्पादन वृद्धि र सेवा प्रवाहलाई सहज बनाउन मुलुकलाई डिजिटलाइज गर्नेतर्फ केन्द्रित भईरहेका बेला यसको सार्थक कार्यान्वयनका लागि आम सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको छ ।
अन्त्यमा, आर्थिक सूचनाको विषयमा समाजप्रति उत्तरदायित्व लिँदै निष्पक्ष, विश्वसनीय आर्थिक समाचारमार्फत वित्तीय चेतना अभिवृद्धि गर्न एवम् युवाहरूमा उद्यमशीलता विकास गराउन अर्थ सरोकार डटकम आगामी दिनमा समेत सफल हुँदै जानेछ भन्ने अपेक्षा गर्दै सातौँ वार्षिकोत्सवका अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
(महाप्रसाद अधिकारी)

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्