काठमाडौँ । कसले बढी ब्याज दिने भन्ने प्रतिष्पर्धा चल्दा कम ब्याज दिने बैंकका ‘म्याचुअर्ड’ भएका मुद्दती निक्षेपहरु नवीकरण हुन छोडेका छन् । अरु बैंकहरुले आफुले मुद्दती रकम राखेको बैंकभन्दा बढी ब्याज दिन थालेपछि सम्बन्धित कम ब्याज दिने बैंकहरुमा एफडी नवीकरण हुन छोडेको हो । भदौ १ देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका कम ब्याज दिने बैंकहरुमा यस्तो समस्या देखिएको हो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले निक्षेपकर्तालाई बढी ब्याज दिईरहेका छन् । नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, सिटजन्स बैंक, ग्लोबल आइएमइ बैंक, एनआइसी एशिया बैंक, नबिल र कुमारी बैंकले सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेका छन् । यी बैंकहरुले १ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.८९६ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.८९६ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशन गरेपछि कम ब्याज दिने बैंकहरुमा मुद्दती निक्षेपको नवीकरण कम भएको हो ।
‘कम ब्याज आउने भएपछि मुद्दती निक्षेप नवीकरण नहुनु सामान्य हो ।’ एक बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने, ‘तर बढी ब्याज दिने हाम्रो बैंकमा पनि सोचेजस्तो रकम आएको छैन ।’ उनका अनुसार यो बीचमा म्याचुअर्ड हुने मुद्दती खाताहरु बढी नभएकाले पनि बढी ब्याज दिने बैंकहरुमा धेरै रकम नआएको हुन सक्छ । ‘आउँदै नआएको होइन, तर आउनुपर्ने अपेक्षा गरेजस्तो नआएको भने पक्कै हो ।’ ती सीइओले अर्थ सरोकारसँग भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्