×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जग्गा कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय, कित्ताकाट नखुल्दा अर्थतन्त्र चलायमान हुन नसकेको निष्कर्ष !

PRIME CA
GLOBAL IME BANK

जग्गा कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय, कित्ताकाट नखुल्दा अर्थतन्त्र चलायमान हुन नसकेको निष्कर्ष !

३१ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि रोकिएका सम्पूर्ण जग्गा सम्बन्धी काम फुकुवा गर्ने निर्णय गरेको यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

‘आजको मन्त्रिपरिषद् बैठकले एउटा महत्वपूर्ण निर्णय गरेको छ । त्यो भनेको जग्गाको कित्ताकाट सम्बन्धी अहिलेसम्म रोकिएको कित्ताकाट नामसारी लगायतका जग्गा सम्बन्धी हालसम्म रोकिएका कामहरुलाई फूकाउने गरी भूउपयोग नियमावली क्याविनेटले पास गरेको छ ।’ उनले भने ।

गत वैशाखमा मन्त्रिपरिषद्ले भू–उपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन । मंगलबारको बैठकले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय भएको हो ।

हाल भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ । स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ ।सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: