×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकाशेपुलमा ‘लिफ्ट’ जडान गर्दै काठमाडौं महानगर, ५ करोड बजेट छुट्याइयो, यो वर्षै काम सकिने, विस्तृतमा…

अर्थ सरोकार

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार

PRIME CA

आकाशेपुलमा ‘लिफ्ट’ जडान गर्दै काठमाडौं महानगर, ५ करोड बजेट छुट्याइयो, यो वर्षै काम सकिने, विस्तृतमा…

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका आकाशे पुलमा ‘लिफ्ट’ जडान गर्ने भएको छ । महानगरले काठमाडौंका तीन ठाउँ (चाबहिल, नयाँ बानेश्वर र पुरानो बसपार्क)मा रहेका आकाशे पुलमा ‘लिफ्ट’ जडान गर्ने भएको हो ।

आकाशे पुललाई अपांग तथा वृद्धवृद्धामैत्री बनाउने उद्धेश्यअनुसार महानगरले महानगरभित्रका तीन ठाउँका आकाशे पुलमा ‘लिफ्ट’ जडान गर्न लागेको हो । खासगरी ह्विलचियर प्रयोगकर्ता, वृद्धवृद्धा, बालबालिकाका लागि हालकै स्थितिमा आकाशे पुल प्रयोग गर्न असहज हुने भएकाले आकाशे पुलमा ‘लिफ्ट’ जडान गर्न लागिएको महानगरले जनाएको छ ।

आकाशे पुलमा ‘लिफ्ट’ जडान कार्यका लागि महानगरले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, ‘लिफ्ट’ जडानमा ४ करोड खर्च हुने र बाँकीको रकम आकाशे पुल सजावट एवम् सुरक्षालगायतका कार्यमा खर्च गरिने महानगरले जनाएको छ । महानगरको नगर प्रहरी अन्तर्गत विनियोजन भएको उक्त बजेटबाट आकाशेपुलमा ‘लिफ्ट’ जडान गर्ने कार्य गरिने महानगरले जनाएको छ ।

हाल आकाशे पुलमा ‘लिफ्ट’ जडान गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य भईरहेको छ । निर्माणको चरणमा रहेको उक्त डिपिआर दशैंअघि सकिने र चालु आर्थिक वर्षमा तीन ठाउँका आकाशे पुलमा ‘लिफ्ट’ जडान गर्ने कार्य सम्पन्न हुने महानगरले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: