×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिव शिखरका पूर्वअध्यक्ष केदारनाथ शर्मा कारागार चलान !

अर्थ सरोकार

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार

PRIME CA

शिव शिखरका पूर्वअध्यक्ष केदारनाथ शर्मा कारागार चलान !

काठमाडौं । शिव शिखर सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्मा कारागार चलान भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौंले शर्मालाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धा ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले शर्माविरुद्ध दायर गरेको मुद्धामा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

शर्मासँगै संगठित अपराधको मुद्धा दायर गरिएका थप तीन जनालाई भने धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेकी सहकारीको किर्तिपुर शाखाकी प्रमुख रसना शाक्यसँग १० लाख तथा लेखा समितिका सदस्य रमेश खाईजु र शिवप्रसाद पौडेलसँग सात–सात लाख धारौटी माग भएको थियो ।

अदालतले माग गरेको धरौटी तिरेर रसना थुनामुक्त भइसकेकी छिन् भने अन्तय दुई जना भने जेल चलान भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: