×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको खर्च व्यवस्थापन गर्न ऋणमाथि ऋण, चालु आर्थिक वर्षको पहिलो महिनाबाटै ऋण उठाउन सुरु !

PRIME CA

सरकारको खर्च व्यवस्थापन गर्न ऋणमाथि ऋण, चालु आर्थिक वर्षको पहिलो महिनाबाटै ऋण उठाउन सुरु !

११ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामै स्रोत अभाव भएपछि ऋण उठाएको छ । चालु आव २०८०/८१ को पहिला महिना (साउन)मै सरकारले २० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेको थियो । तर, १० भदौमा पुनः पुन सरकारले १० अर्बको ऋणपत्र जारी गरेको छ ।

मन्दीका कारण स्रोत अभावको सामना गरिरहेको सरकारले पछिल्लो १ महिनामा मात्रै ३० अर्ब रुपैयाँको ऋणपत्र जारी गरिसकेको छ । त्यसैमाथि राजस्व संकलन पनि ऋणात्मक हुँदा खर्च व्यवस्थापनकै लागि पनि सरकारले ऋणपत्रमार्फत सार्वजनिक ऋण उठाउन थालेको हो ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेका अनुसार हाल सरकार स्रोत व्यवस्थापनको चापमा छ । खर्च व्यवस्थापन गर्नका लागि ऋण लिनुपर्ने बाध्यात्मक परिस्थितिकाबीच चालु आर्थिक वर्षको पहिलो महिनाबाटै ऋण लिनुपरेको घिमिरेको भनाई छ ।

साउनमा पुँजीगत बजेटमा खासै खर्च नहुँदा स्रोत अभाव नहुनुपर्ने भए पनि राजस्व संकलन न्यून हुँदा दायित्व बढेपछि स्रोतको अभाव भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: