×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बहुमूल्य धातु भनेर नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा गोली लुकाउने ल्यारक्याललाई लुम्बिनीको जिम्मा !

अर्थ सरोकार

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार

PRIME CA

बहुमूल्य धातु भनेर नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा गोली लुकाउने ल्यारक्याललाई लुम्बिनीको जिम्मा !

काठमाडौं । बैंकको लकरमा गोली लुकाउने ल्यारक्याल लुम्बिनि विकाष कोषको उपाध्यक्षमा नियुक्त भएका छन् । संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्रीसमेत रहेका ल्यारक्याल लामाको तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरबाट ३० फागुन २०७२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस्तोलका गोली फेला परेको थियो ।

ल्यारक्यालले बैंकको लकरमा बहुमूल्य धातु भनेर पेस्तोलको १४ थान गोली भेटिएको थियो । तर, आपराधिक पृष्ठभूमिका तिनै ल्यारक्याललाई मन्त्रिपरिषद्को बैठकले शान्ति क्षेत्र लुम्बिनीको नेतृत्व दिएको हो । ल्यारक्याललाई कोषको उपाध्यक्ष बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो हस्तक्षेप रहेको स्रातको दाबी छ ।

यसो त ल्यारक्यालको धार्मिक नाम डा.खेन्पो छिमे छिरिङ हो । सिन्धुपाल्चोक हेलम्बुका बासिन्दासमेत रहेको उनी माओवादी कैन्द्रका केन्द्रीय सदस्य हुन् । लुम्बिनि विकास कोषको उपाध्यक्षका लागि बौद्ध परम्परका विशिष्ट व्यक्तिहरुले चासो देखाए पनि पावरका आधारमा आपराधिक पृष्ठभूमिका ल्यारक्याल नै कोषको उपाध्यक्ष बनेका छन् । योसँगै ल्यारक्यालले आगामी पाँच वर्ष लुम्बिनि विकास कोषको नेतृत्व गर्नेछन् ।

ल्यारक्यालपिवरुद्ध २०७३ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ सालमा अकुल सम्पत्ति कमाएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । यति मात्र होइन उनीमाथी मकाउ (विदेशी मुलुक) पठाउने भन्दै २ करोड बढी रकम ठगी गरेको भन्दै उजुरी समेत परेको थियो ।

यसरी बेलाबेलामा विभिन्न आपराधिक एवम् ठगीका घटनामा मुछिदै आएका ल्यारक्याललाई नै कोषको नेतृत्व सुम्पिएपछि यसप्रति धेरैले असन्तुष्टी जनाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: