×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलेसिया जाने नेपालीको संख्या ह्वात्तै बढ्यो, एक वर्षमै २ लाख ५९ हजार बढी नेपाली रोजगारीका लागि मलेसिया पुगे !

PRIME CA
GLOBAL IME BANK

मलेसिया जाने नेपालीको संख्या ह्वात्तै बढ्यो, एक वर्षमै २ लाख ५९ हजार बढी नेपाली रोजगारीका लागि मलेसिया पुगे !

१६ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलसिया जानेको संख्या ह्वात्तै बढेको छ । विगतदेखि नै वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्यका रुपमा रहेको मलेसियामा गत आर्थिक वर्षमा मात्रै नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल २ लाख ५९ हजार ५ सय ९४ जना नेपाली रोजगारीका लागि पुगेका छन् ।

गत आर्थिक वर्षमा मलेसियामा रोजगारीका लागि जाने नेपालीको संख्या हालसम्मकै उच्च रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा मेलियासका लागि २ लाख ५२ हजार २ सय ९५ पुरुष र ७ हजार २ सय ९९ जना महिला कामदारहरुले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

मलेसियाका लागि नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या मात्रै २ लाख १९ हजार ३ सय ५७ जना रहेको छ । कोरोना महामारीपछि मलेसियाले ठूलो संख्यामा श्रमिक माग गरेपछि वैदेशिक रोजगारीका लागि मलेसिया जानेको संख्या ह्वात्तै बढेको विभागको अनुमान रहेको छ ।

हाल मलेसियामा नेपाली कामदारहरुले न्यूनतम १५ सय रिंगित अर्थात नेपाली ४३ हजार ८ सय १४ रुपैयाँ पाउँछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: