×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगममा मनपरीको हदः कर्मचारी विनियमावली विपरित कनिष्ठलाई हाकिम, तलब माथिल्लो सरह !

अर्थ सरोकार

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार

PRIME CA

नेपाल आयल निगममा मनपरीको हदः कर्मचारी विनियमावली विपरित कनिष्ठलाई हाकिम, तलब माथिल्लो सरह !

काठमाडौं । नेपाल आयल निगममा कर्मचारी नियुक्ति र दरबन्दी तोक्ने विषयमा मनपरीको हद भएको पाइएको छ । कर्मचारी विनियमावली अनुसार निगममा मनपरी रुपमा कर्मचारी नियुक्ती गरेका पाइएको हो ।

हाल निगमकका ठूलो कारोबार हुने एक दर्जनभन्दा बढी कार्यालयहरुमा विनियमावली विपरित तल्लो तहका कर्मचारीलाई माथिल्लो तहको तलव सुविधा दिएर हाकिम नियुक्त गरेको पाइएको छ ।

निगमको कर्मचारीका विनियमावलीअनुसार हवाई इन्धन डिपो सिनामंगलको डिपो प्रमुख हुनका लागि ९औँ तहको प्राविधिक व्यक्ति हुनुपर्छ । तर, पछिल्लो एक वर्षदेखि उक्त डिपोको नेतृत्व प्रशासन समूहका आठौँ तहका मनोजकुमार ढकालले गर्दै आएका छन् । जुन कानुनतः गलत हो ।

त्यस्तै, निगमको बागमती प्रादेशिक कार्यालयमा थानकोटमा पनि कनिष्ठ कर्मचारीलाई माथिल्लो तहसरह सुविधा दिएको पाइएको छ । प्रशासन समूहको ९औँ तहको उपनिर्देशक प्रमुख हुने व्यवस्था भए पनि पछिल्लो २ वर्षदेखि निगमको प्रादेशिक कार्यालय थानकोटको प्रमुखमा ८औँ तहका इन्जिनियर समूहका शैलेन्द्र भुषाल रहेका छन् ।

यसो त नेपाल आयल निगममा यस्तो प्रवृत्ति विगतदेखि नै चल्दै आएको थियो । निगमले कर्मचारी नियुक्ती र दरबन्दी तोक्ने विषयमा मनपरी गरेपछि नियमानुसार पदस्थापन हुनुपर्ने कर्मचारी जिम्मेवारविहीन हुनुपरेको छ भने नियमविपरित कनिष्ठ कर्मचारीहरुलाई माथिल्लो तहको सेवासुविधा दिइएको छ । निगमलाई नै दोहन गर्ने यस्तो कार्यमा निगम प्रशासन र नेतृत्वमाथि सतर्कता केन्द्रले छानविन अघि बढाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: