×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली परीक्षार्थीको बिगबिगीः अर्कैको परीक्षा दिने स्ववियु अध्यक्षकी श्रीमती आरआर क्याम्पसबाट पक्राउ !

PRIME CA

नक्कली परीक्षार्थीको बिगबिगीः अर्कैको परीक्षा दिने स्ववियु अध्यक्षकी श्रीमती आरआर क्याम्पसबाट पक्राउ !

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली परीक्षार्थी बनेर परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस परीक्षा केन्द्रबाट अर्काको परीक्षा दिँदै गर्दा प्रहरीले निलम सुवेदीलाई पक्राउ गरेको हो । उनी स्वतन्त्र विद्यार्थी युनियन पाटन संयुक्त क्याम्पसका अध्यक्ष सुशिल विष्टकी श्रीमती हुन् ।

यसो त पक्राउ परेकी सुवेदीले आफूले परीक्षा दिएबापत रकम लिएको स्वीकारेकी छिन् । अर्थ सरोकारलाई प्राप्त प्रमाणअनुसार उनले पाँच हजार रुपैयाँ लिएर कृष्णा कुमारी सिंहको स्नातकोत्तर तह प्रथम वर्ष अन्तर्गत पहिलो शैक्षिक सत्रको परीक्षामा ‘आरडी’ (५५४) विषयको परीक्षा दिएको स्वीकार गरेकी छिन् ।

‘कृष्णकुमारी सिंहले मलाई रु.५००० दिएर यो काम गर्न लगाउनु भएको हो । यसरी नै मास्टर्स (५५१) को पनि परीक्षा दिएको छु । यतिबेला पनि मलाई रु ५००० दिनुभएको थियो । त्यसैले म यहाँ परीक्षा दिन आएको थिएँ ।’, सुवेदीले त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ ।

यता प्रहरीले पनि नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गरेको अवस्थमा १० भदौमा सुवेदीलाई पक्राउ गरेको पुष्टी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: