×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी इतिहासमै पहिलो पटक विकूद्वारा पिओएस मेसिन शुभारम्भ, जुनसुकै बैंकको एटिएमबाट पनि भुक्तानी गर्न सकिने ! 

PRIME CA

सहकारी इतिहासमै पहिलो पटक विकूद्वारा पिओएस मेसिन शुभारम्भ, जुनसुकै बैंकको एटिएमबाट पनि भुक्तानी गर्न सकिने ! 

६ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ ।
उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् । जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिएका छन् ।
३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो ।
सो पिओएस मेसिन वायरलेस वाइफाइ प्रविधिमा आधारित रहेको उहाँले जानकारी दिएका छन् । यसलाई अन्य व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानमा क्रमैसँग विस्तार गर्दै जाने उनको भनाइ छ ।
३३औँ वार्षिकोत्सवका अवसरमा विकूले अमरापुरीमा कर्मचारीस्तरीय नृत्य प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रमसँगै पिओएस मेसिन शुभारम्भ र २४ वटै सेवा केन्द्रमा दीप प्रज्वलन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: