×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तस्करीको जालो तोड्ने काम यतिमै रोकिनेवाला छैन’- प्रचण्ड

PRIME CA

‘तस्करीको जालो तोड्ने काम यतिमै रोकिनेवाला छैन’- प्रचण्ड

१२ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तस्करीको जालो तोड्ने काम नरोकिने बताएका छन् । काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जाने र यो क्रम नरोकिने बताएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरूद्ध घेराबन्दी छ । अनेकौं कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।’

त्यस्तै, प्रधानमन्त्रीले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् । ‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ ।’, उनले भने, ‘यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ ।’

प्रधानमन्त्री दाहालले सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छट्पटी सुरू भएको दाबी समेत गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: