×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरले दुई सहकारी खारेज गर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौं महानगरले दुई सहकारी खारेज गर्यो

Artha Sarokar

४ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंका दुई सहकारी खारेज भएका छन् । काठमाडौं महानगरपालिकाले संकटग्रस्त भएका मातहतका दुई सहकारीलाई खारेज गरेको हो ।

महानगरले गत साउन १६ गते गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिका ५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र चाहविलस्थित सुकस बचत तथा ऋृण सहकारी संस्था लिमिटेडलाई खारेज गरिएको महानगरको सहकारी विभागले जनाएको छ ।

महानगरले यसअघि दुवै सहकारीबाट कर्जा लिएर तिर्न बाँकी रहेका वा बचत नलिएका सदस्यहरुलाई सम्पर्कमा आउनका लागि १५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाका अधारमा महानगरले दुवै सहकारीलाई खारेज गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी