×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सम्पादकीय : महिलाहरुलाई महिनावारीका समयमा विदा दिनु शिखर इन्स्योरेन्सको स्वागतयोग्य कदम, अरुले पनि सिक्ने कि !

SAGARMATHA CEMENTS
महिनावारीका समयमा हुने दुखाईको बर्णन शब्दमा हुनै सक्दैन सायद । अझ कतिपय महिला दिदिबहिनीहरुको स्वास्थ्यमा भएको गडबडका कारण यो दुखाईको दर्द अझ बेहिसाब छ । अझ बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीमा हुने कामको प्रेसरले महिनावारीको सो समयलाई झनै पीडादायी बनाईरहेको छ। महिलाहरुले राजश्वलाका समयमा भोग्ने यो दुखदायी पीडालाई धेरैले सामान्य स्वास्थअवस्था भनेर नजरअन्दाज गरिरहे । परिणाम, कर्पोरेट भनिएका संस्थाहरुमा पनि महिला बिरामी हुने यो समयमा कामबाट बिश्राम लेउ र आराम गर भनेर कसैले भनेन ।
धन्न ! शिखर इन्स्योरेन्सले महिला कर्मचारीहरुको यो पीडा बुझिदियो, र त आजको गर्वका साथ भन्नुपर्ने भएको छ -‘शिखर इन्स्योरेन्सले महिलाहरुलाई महिनावारीका समयमा विदा उपलब्ध गराउन थालेको छ, र यो स्वागत योग्य छ ।’
हो, निर्जीवन बीमा कम्पनी शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्नो कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई महिनावारीका समयमा विदाको सुविधा गत असारबाट सुरु गरेको छ । निर्जीवन बीमा कम्पनीहरुमध्ये दोश्रो ठुलो रोजगारदाता कम्पनी शिखर इन्स्योरेन्समा कुल कर्मचारीमध्ये ४० प्रतिशत महिला छन् । महिनावारीका समयमा महिला कर्मचारीलाई हुने शारीरिक र मानसिक पीडाकाे समयमा आराम मिलोस् भनेर कम्पनीले यस्तो सुविधा ल्याएको बताएको छ । कम्पनीका अनुसार महिनामा एक पटक महिला कर्मचारीले महिनावारीका समयमा बिदा बस्न पाउँछन् । कम्पनीका अनुसार यस्तो सुविधा कर्मचारीले आकस्मिक रुपमासमेत लिन पाउनेछन् ।
महिनावारीका समयमा काममा फोकस पनि गर्न नसक्ने अवस्था हुने, सोहि कारण कार्य सम्पादनमा पनि असर पर्ने, र महिनावारीका समयमा आराम पनि चाहिने हुनाले कम्पनीले यस्तो सुविधा ल्याएको कम्पनीको भनाई छ। शिखर इन्स्योरेन्सबाट अरु कम्पनीहरु पनि सिकुन्, इन्स्योरेन्स कम्पनीहरुमात्र होइन बैंक, वित्तीय संस्था, लगायतका सबै कम्पनीहरुले सिकुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal