×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिव शिखर सहकारीका बचतकर्ताले रकमको सट्टा सामान र जग्गा लिने, सञ्चालकलाई ८ वर्ष जेल सजायको माग !

PRIME CA

शिव शिखर सहकारीका बचतकर्ताले रकमको सट्टा सामान र जग्गा लिने, सञ्चालकलाई ८ वर्ष जेल सजायको माग !

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिवशिखर बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम बराबरको सामान र जग्गा लिने सहमति गरेका छन् । सहकारीको पोखरा शाखाका बचतकर्ताले सहकारीको डिपार्टमेन्टल स्टोरबाट सामान उठाउने र जग्गा लिनेसम्मको सहमति गरेका हुन् ।

सहकारीमा डुबेको आफ्नो रकम उठ्ने सम्भावना साह्रै न्यून देखेपछि यस्तो सहमति गरिएको बचतकर्ताले बताएका छन् । ‘यो सहकारीको पोखरामा दुई ठाउँमा कार्यालय छ । दुईवटा डिपार्टमेन्टर स्टोरसमेत छन् ।’, सहकारीका एक बचतकर्ताले भने, ‘फसेको रकम उठाउन लाखौँ कोसिस गर्दा पनि रकम उठ्ने सम्भावना कम देखेपछि डिपार्टमेन्टर स्टोरबाट सामान उठाउने र जग्गा लिने सहमति गरेका हौँ ।’

यसो त पोखराका बचतकर्ताहरु शिव शिखरको ठगीको विषय लिएर महानगरपालिका, सहकारी विभाग, प्रहरी र सीईआबीसम्मै पुगेका छन् । तर, सहकारीमा फसेको रकम नउठ्ने भएपछि बचतकर्ताहरुले बचत रकमअनुसार सामान र जग्गा लिने सहमति गरेका छन् ।

सहकारीको अर्बौं रकम हिनामिना गरेको र अन्य अनुत्पादित क्षेत्रमा अनावश्यक लगानी गरेको पाइएपछि हाल प्रहरीले सहकारीका सञ्चालक केदारनाथ शर्मासहित पुष्कर मल्ल, अमिशराज भण्डारी र गीता शर्मालाई पक्राउ गरेको छ । त्यस्तै, सहकारीका अन्य सञ्चालकहरु सुशीन बानियाँ, भोजराज पौडेल, तेजबहादुर तामाङ, दीपकबहादुर वयर, राजु साखकर्मी, लिलानाथ गौतम र रमेश न्यौपाने भने फरार छन् ।

सहकारीको पोखरा शाखामा मात्रै १ हजार बचतकर्ताहरुले ५४ करोड २३ लाख ८५ हजार बिगो र ८ वर्ष जेल सजायको माग दाबीसहित मुद्धा दर्ताको तयारी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: