×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिव शिखर सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्धा दायर, ७८ करोड बढी माग दाबीसहित ८ वर्ष कैद सजायको माग !

PRIME CA

शिव शिखर सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्धा दायर, ७८ करोड बढी माग दाबीसहित ८ वर्ष कैद सजायको माग !

११ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिव शिखर सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्धा दायर गरिएको छ । सहकारीका सञ्चालकले बचतकर्ताको अर्बौं रकम ठगेपछि अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा सहकारीका सञ्चालकसहित १९ जनाविरुद्ध ठगी मुद्धा दायर गरेको हो ।

कार्यालयले सहकारीका सञ्चालकलाई सहकारी ठगी र संगठनिक अपराधमा मुद्दा चलाएको छ । सहकारीका १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

सहकारीका सञ्चालकले २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ मध्ये ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ बचत फिर्ता नगरी हिनामिना गरेको भनी जाहेरी प्राप्त भएकोमा बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ माग दाबी गरिएको छ ।

त्यस्तै, सहकारीका सञ्चालकहरुले संगठित अपराध गरेको भन्दै ६ देखि ८ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

प्रतिवादीहरु केदारनाथ शर्मा, सुशिल बाँनिया, भोजराज पौडेल, तेज बहादुर तामाङ, पुष्कर मल्ल, दिपक बहादुर ऐर, राजु साखकर्मी, अमिशराज भण्डारी, लिलानाथ गौतम, गिता शर्मा, रसना शाक्य, शिव प्रसाद पौड्याल, रमेश खाईजु, शुर्दशन कपाली, कुमार श्रेष्ठ, त्रिचन्द्र सुवेदी, शमिना श्रेष्ठ, प्रदिप भट्टराई र बाल मुकुन्द कपालीले सहकारी ऐन अन्तगर्तको कसूर गर्न संगठित अपराध गरेको देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: