×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करोडौं कुम्ल्याएर सुविधा सहकारीका अध्यक्ष फरार, ४ कर्मचारीलाई प्रहरीले थुन्यो, किस्ता उठाउनेहरु तनावमा !

PRIME CA

करोडौं कुम्ल्याएर सुविधा सहकारीका अध्यक्ष फरार, ४ कर्मचारीलाई प्रहरीले थुन्यो, किस्ता उठाउनेहरु तनावमा !

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सर्लाहीको सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बचतकर्ताको करोडौँ रकम हिनामिना गरी फरार भएका छन् । सर्लाहीको मलंगवास्थित उक्त सहकारीका अध्यक्ष ईश्वर गुप्ता बचतकर्ताको २४ करोड रुपैयाँ हिनामिना गरेर फरार भएका हुन् ।

सहकारीका अध्यक्ष नै फरार भएपछि हाल सहकारीका ४ कर्मचारी थुनामा छन् । प्रहरीले सहकारीका प्रबन्धक दीपकलाल अमात्य, खाजाञ्जी निर्मल श्रेष्ठ र अन्य दुईजना कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंहलाई पक्राउ गरी थुनामा राखेको हो । बचतकर्ताको रकम हिनामिना गर्ने कार्यमा उनीहरुको पनि संलग्ना रहेको आशंका गरिएको छ ।

हाल फरार रहेका सहकारीका अध्यक्ष गुप्ताको खोजिकार्य भईरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् । सुवेदीका अनुसार गुप्ताले सहकारीबाट रकम लिनका लागि सञ्चालक समितिलाई जानकारी गराउनु नपर्ने नियम साधारणसभाबाट पास गराएका थिए । सोही अनुसार उनले सहकारीको ठूलो रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गुप्ता दुई कार्यकाल उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्षसमेत भइसकेका छन् । हाल सहकारीबाट बचत फिर्ता पाउन बाँकी रहेको बचतकर्ताको बिचल्लीमा परेका छन् । त्यस्तै, अध्यक्षले गरेको गल्तिका कारण बजारमा खटिएका सहकारीका अभिकर्ताहरु थप मर्कामा परेका छन् । उनीहरुलाई दिनहूँ बचतकर्ताले बचत फिर्ता गर्न टर्चर दिन थालेका छन् ।

हाल प्रहरीले उक्त ठगीबारे थप अनुसन्धान अघि बढाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: