Skip to content
LAXMI SUNRISE BANK

१०० किलो सुन तस्करी प्रकरणः दावा छिरिङ मुख्य नाइके, थप ४ जना चिनियाँ नागरिकको संलग्नता पुष्टी !

अर्थ सरोकार

काठमाडौं । १०० किलो सुन प्रकरणको नाइके पक्राउ परेका दावा छिरिङ नै भएको पाइएको छ । सुन तस्करी प्रकरणमा हालसम्म १८ जना पक्राउ परे पनि प्रकरणको नाइकेका रुपमा बेल्जयन नागरिक छिरिङको पहिचान भएको हो ।

काठमाडौंको ठमेलस्थित होटल भियनाबाट छिरिङलाई पक्राउ गरिएको हो । पक्राउका क्रममा उनको साथबाट बरामद गरिएका कागजपत्रका आधारमा पनि उनी तस्करीको नाइके रहेको स्पष्ट हुने असुसन्धानले देखाएको आन्तरिक राजस्व विभाग स्रोतले बताएको छ । ‘कागजपत्र र कल डिटेलका आधारमा हालसम्म तस्करीको नाइकेका रुपमा छिरिङको पहिचान भएको छ । बाँकी अनुसन्धान गर्दै छौँ ।’, स्रोतले भन्यो ।

त्यस्तै, छिरिङलाई पक्राउ गरेपछि थालिएको अनुसन्धानबाट सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिकको पनि संलग्नता पुष्टी भएको स्रोतको दाबी छ । नेपालमै रहेका ती चिनियाँ नागरिकको खोजीकार्य भइरहेको छ ।

१०० किलो सुन प्रकरणमा मुख्य भूमिका चिनियाँहरुकै रहेको भए पनि यसमा राज्यकै उच्च संयन्त्रको पनि संलग्नताको आशंकामा अनुसन्धान भईरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ । हालसम्म पक्राउ परेकाहरुको कल डिटेल, सम्पर्क र कागजपत्रका आधारमा अधिकांश कुरा खुलिसकेको भए पनि थप प्रमाण जुटाउनतर्फ केन्द्रित रहेको विभागको भनाई छ ।

हाल पक्राउ परेका १८ जनाको साथबाट बरामद गरिएका २२ थान मोबाइल रिकभरीका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

हालसम्म विभागले उक्त प्रकरणमा रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, उनका मामा रामकुमार भुजेल, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, दिलिपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई, तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक झियाङ लिन, कार्गो कम्पनी सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्ट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, जाँचकी कुमार ढकाल र भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम तथा रुक्मिणी सुब्बा, चिनियाँ नागरिकलाई भाडामा गोदाम खोजिदिने सन्तोष तामाङ र दावा छिरिङलाई पक्राउ गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK