काठमाडौं । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केटीबो रेष्टुरेन्टका दुई सञ्चालकलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरबाट बरामद गरिएको ६० किलो सुन तस्करी प्रकरणमा काठमाडौंको ठमेलस्थित केटीबो काराओके रेष्टुरेन्टका दुई सञ्चालकलाई पक्राउ गरेको हो ।
सीआईबीले सुन तस्करी प्रकरणमा पाटनको डाउन टाउन अपार्टमेन्टमा छापा मारेको थियो । सोही क्रममा सीआईबीले उक्त प्रकरणमा संलग्न रहेको आशंकामा चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । जसमध्ये दुईजना तियान मी र वीन तोङ केटीबी रेष्टुरेन्टको सञ्चालक रहेको पाइएको हो ।
मी र तोङले सञ्चालन गरेको कटिबी यसअघि नै सुन तस्करी प्रकरणमा मुछिएको होटल भियना नजिकै रहेको छ । राजश्व अनुसन्धान विभागले १४ साउनमा छापा मारेर होटल भियनाबाट केही कागजात र सामग्रीहरु बरामद गरी बेल्जियन नागरिकलाई दावा छिरिङलाई समेत पक्राउ गरिसकेको छ ।
सुन प्रकरणको अनुसन्धानमा तस्करीमा संलग्न चिनियाँ नागरिकहरु होटल भियना र केटीबी काराओके रेष्टुरेन्टमा पटकपटक गएको खुलासा भएको सीआईबी स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्