×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चिनियाँ अपराधीहरु’को जक्सन बन्दै ठमेल, घरभेटीलाई ढाँटेर पूरै घर नै भाडामा लिई ‘खुलेआम अपराधधन्दा’ !

अर्थ सरोकार

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार

PRIME CA

‘चिनियाँ अपराधीहरु’को जक्सन बन्दै ठमेल, घरभेटीलाई ढाँटेर पूरै घर नै भाडामा लिई ‘खुलेआम अपराधधन्दा’ !

काठमाडौँ । पछिल्लो तथ्यांक हेर्दा नेपालबाट आफ्नै देश फर्काइएकाहरुमध्ये अधिकांस चिनियाँ पर्छन् । उनीहरुले गरेको अपराधिक कामको फेहरिस्त हेर्ने हो भने अधिकांसको कनेक्सन ‘ठमेल’सँग देखिन्छ । अधिकांसलाई ठमेलबाट नै पक्राउ गरिएको छ । नेपालमा चिनियाँ ह्याकरको गिरोह होस् वा मानव बेचबिखनमा संलग्न भएका चिनियाँहरु नै हुन्, अधिकांसलाई ठमेलबाट नै पक्राउ गरिएको छ ।
चिनियाँहरुको जक्सन ठमेल !
सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले गत साउन १४ गते दावा छिरिङलाई ठमेलस्थित होटेल भियनाबाट नियन्त्रणमा लियो । यो प्रकरणमा भारतीय नागरिकलाई अनलाइन लोनमार्फत ठगीसमेत गरेको आरोप लागेका चिनियाँ मुलका छिरिङ लामो समयदेखि ठमेलमै बस्छन् । यति मात्र होइन, साउन ४ गते विभागले सुनका मालिक भनिएका लिङ चिवाङलाई समेत पक्राउ गर्यो । उनी पनि लामो समय देखि ठमेल नै बस्दै आएका थिए । केहि समय अघि नेपालका एटिएम ह्याक गर्ने चिनियाँ ह्याकरहरुलाई पनि ठमेलबाट नै पक्राउ गरिएको थियो ।उनीहरु पनि ठमेलमा छुट्टै घर भाडामा लिएर नै बसेका थिए । ०७९ मंसिर १८ गते काठमाडौंको इन्द्रचोकमा दुई चिनियाँ नागरिकमाथि अर्का एक चिनियाँ नागरिकले चक्कु प्रहार गरे । उनीहरुको बसाई पनि ठमेल नै थियो । प्रहरीले गान र लि चिआङमाथि चक्कु प्रहार गर्ने ३७ वर्षीय फेङजेङलाई पक्राउ गरेको थियो । फेङजेङ हाल जेलमा छन् ।
आखिर चिनियाँहरु किन रोज्छन् ठमेल ?
अपराधिक मानसिकताका मान्छेहरु ‘मोजमस्ती’मा रमाउने गरेका छन् । अझ आफ्नै देशका नागरिकहरु बढी भएको ठाउँमा उनीहरुको रुची हुने गरेको जानकारहरुको तर्क छ । ठमेलमा सुरु देखि नै चिनियाँहरुको बसाई धेरै भएकाले चिनियाँहरु ठमेल नै बस्न रुचाउँछन् । रात्रिकालिन व्यवसाय र पर्यटकीय क्षेत्र भएका कारण यहाँ मानिसको बाक्लो उपस्थिति हुने गरेको छ । यसले चिनियाँहरुलाई अपराधिक कर्म गर्न पनि सहयोग पुर्याउने हुनाले पनि ठमेल उनीहरुको रोजाईमा पर्ने जनाकारहरुको तर्क छ । ठमेलको अर्को पाटो भनेको ठमेलमा घरहरु पूरै घर भाडा लगाईन्छ । अर्थात एउटा फ्लाइट कसैलाई र अर्को फ्लाइट कसैलाई लगाउने भन्दा ठमेलमा पूरै घर नै एउटा कम्पनी वा मान्छेलाई दिने चलन छ । यहि कुराको फाइदा चिनियाँहरुले उठाउने गरेका छन् । अधिकांस अवस्थामा घरधनीलाई समेत भाडामा बस्नेहरूको गतिविधिबारे जानकारी हुँदैन । उनीहरुले आईटी कम्पनी, टुरिजमसँग सम्बन्धित कम्पनी भनेर घरभेटीलाई ढाँटेर बस्ने गरेकोसमेत पाइएको छ ।
 
नेपाली व्यवसायीहरुलाई सुरक्षा चुनौती
यसो त ठमेल नेपालकै सबैभन्दा बढी आर्थिक कारोबार हुने पर्यटकीय क्षेत्रमध्येको एक हो । तर चिनियाँ अपराधीहरुका कारण ठमेलमा नेपालीहरुलाईसमेत काम गर्न गाह्रो भईरहेको तर्क नेपाली व्यवसायीहरुको छ । यद्यपी यो तथ्य बुझेर ठमेलमा प्रहरीले सुरक्षा निगरानी बढाएको छ । अन्य देशका नागरिक पनि काठमाडौँ आउँदा ठमेल घुम्न जाने हुनाले पनि सुरक्षाका दृष्टिले संवेदनशील एरियाका रुपमा ठमेललाई प्राथमिकताका साथ नेपाल प्रहरीले हेरिरहेको छ । यद्यपी विदेशी नागरिक जोडिएको हरेकजसो अपराधमा चिनियाँ जोडिनु र हरेकजस्तो घटनामा ठमेल नै जोडिनुले भने सुरक्षा स्थितिमाथि नै प्रश्न उठाउने ठाउँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: