×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ वर्षमा नियम उल्लंघन गर्ने २५ लाख बढी सवारीसाधन कार्वाहीमा परे, १ अर्ब ९३ करोड रुपैयाँ संकलन !

PRIME CA
GLOBAL IME BANK

१ वर्षमा नियम उल्लंघन गर्ने २५ लाख बढी सवारीसाधन कार्वाहीमा परे, १ अर्ब ९३ करोड रुपैयाँ संकलन !

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो १ वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने २५ लाखभन्दा बढी सवारी साधन कार्वाहीमा परेका छन् । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै देशभरबाट नियम उल्लंघने गर्ने २५ लाख बढी सवारी साधन कार्वाहीमा परेका हुन् ।

यसरी कार्वाहीमा पर्नेमा सबैभन्दा धेरै काठमाडौं उपत्यकाका सवारी साधन रहेको छन् । जसमध्ये सबैभन्दा धेरै पार्किङ निषेधित क्षेत्रमा सवारी राख्ने, बढी भाडा लिने, सवारीचालक अनुमतिपत्रबिनै सवारी चलाउने, सिट क्षमता भन्दा बढी यात्रु वा सामान बोक्ने र मादक पदार्थ सेवन गर्नेहरु रहेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, सडक लेन अनुसाशन नमान्ने, ठिक नभएका सवारी साधन चलाउने, पेटी र हेल्मेट बेल्ट नबाँधी सवारीसाधन चलाउने, कागजपत्रबिनै सवारीसाधन चलाउने, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने, जथाभावी हर्न बजाउने, तिव्र गतिमा सवारी चलाउनेहरुलाई कार्वाही गरिएको छ ।

यसरी विभिन्न कसुरमा कार्वाहीमा परेका २५ लाख बढी सवारी साधनबाट गत आर्थिक वर्षमा १ अर्ब ९३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । पछिल्लो समय सवारी दुर्घटना र नियम उल्लंघनका घटना बढ्न थालेपछि देशभर ट्राफिक प्रहरीले चेकिङ तथा कार्वाहीमा कडाई गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: