Skip to content
LAXMI SUNRISE BANK

झरीले उडान प्रभावित, प्रधानमन्त्री भरतपुरमै रोकिए

अर्थ सरोकार

काठमाडौं । शनिबार रातीदेखि परेको झरीका कारण उडान प्रभावित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भरतपुरमै रोकिएका छन् । पारिवारिक भेटघाटका लागि चितवन पुगेको प्रधानमन्त्री झरीका कारण जहाज नउडेपछि भरतपुरमै रोकिएका छन् ।

आइतबार बिहान ७ः३५ बजेको बुद्ध एयरको उडानमार्फत काठमाडौं फर्किने तालिका रहे पनि झरीले उडान प्रभावित हुँदा प्रधानमन्त्री चितवनमै रोकिएका हुन् ।

प्रतिकुल मौसमका कारण आइतबार भरतपुर, पोखरा, तुम्लिङटार र सुर्खेत लगायतका क्षेत्रका उडानहरु प्रभावित बनेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK