×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राष्ट्र बैंकले सेयर कर्जामा १२ करोडको सीमा लगाउँदा सेयर बजार प्रभावित भयो’- अर्थमन्त्री महत

PRIME CA

‘राष्ट्र बैंकले सेयर कर्जामा १२ करोडको सीमा लगाउँदा सेयर बजार प्रभावित भयो’- अर्थमन्त्री महत

२१ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सरकार सेयर बजार वृद्धिका सवालमा गम्भीर रहेको बताएका बताएका हुन् ।

उनले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताएका छन् । अर्थमन्त्री डा.महतले कानूनतः सबैखाले नागरिकले आफ्नो हौसियतअनुसार सेयर बजारमा लगानी गर्न छुट भएको उल्लेख गर्दै त्यस्तो लगानीलाई अनुचित मान्न नहुने स्पष्ट पारे । साथै अर्थमन्त्री महतले सेयर बजारमा कुनै पनि व्यक्ति नठगिउन् र कसैले एकाधिकार गर्न नसकोस् भनेर सरकारले निगरानी गरिहेकोसमेत बताएका छन् ।

त्यस्तै, अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको १२ करोडको सीमाले बजार प्रभावित भएको बताएका छन् । पछिल्लो समय लगातार रुपमा सेयर बजारमा आएको गिरावटका सवालमा सरकार जानकार रहेको र आवश्यक नीति परिवर्तनका विषयमा संवाद भइरहेको बताएका छन् ।

योसँगै उनले निटक भविष्यमा सेयर बजार विस्तारै बढ्दै जाने दाबी समेत गरेका छन् । हाल अर्थतन्त्रले सकरात्मक संकेत दिएको र जताततै सकरात्मक माहोला रहेकाले सेयर बजारले पनि लय लिने दाबी अर्थमन्त्रीले गरेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: