×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ तस्करलाई नागरिकता दिन काभ्रेमा यो हदसम्मको चलखेल, चिनियाँ दलालकै खेलमा अधिकृत सरुवा !

PRIME CA

चिनियाँ तस्करलाई नागरिकता दिन काभ्रेमा यो हदसम्मको चलखेल, चिनियाँ दलालकै खेलमा अधिकृत सरुवा !

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चिनियाँ तस्करलाई नेपाली नागरिकता दिनका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेमा अधिकृतको सरुवा गरेको खुलासा भएको छ । ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ तस्करहरुलाई नागरिकता दिनका लागि चिनियाँ दलालको खेलमा नागरिकता फाँटका अधिकृतलाई सरुवा गरेको पाइएको हो । यसरी सरुवा भएर आएका झपेन्द्रराज खरेलले चिनियाँ तस्करलाई वंशजको आधारमा नागरिकता दिएको खुलासा भएको छ ।

२०७४ साल पुस १९ गते काभ्रे प्रशासनले नागरिकता फाँटका प्रमुख प्रशासकीय अधिकृत सीताराम थापालाई सरुवा गरेको पाइएको छ । सो लगत्तै नयाँ नागरिकता र राहदानीसम्बन्धी काम गर्ने जिम्मा खरेललाई दिइएको छ ।

‘घटनाको प्रकृति हेर्दा चिनियाँ नागरिकलाई सुन तस्करी लगायतका अपराधजन्य गतिविधि गर्न सहज होस् भनी नेपाली नागरिकता दिइएको देखिन्छ ।’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘प्रशासन कार्यालयमा पनि अनुकूलको व्यक्ति पठाएर नागरिकता जारी गरिएको छ । यसको थप कनेक्सन खोज्दैछौँ ।’

यसो त चिनियाँ नागरिकका नाममा नागरिकता जारी भएको बेला जिल्ला प्रशासन कार्यालय काभ्रेको सिडिओ शिवप्रसाद सिंखडा थिए । सिडियो संखडाले नै नागरिकता फाँटबाट थापालाई हटाएर खरेललाई राखेको पाइएको छ । उक्त जिम्मेवारीमा आएलगत्तै खरेलले भोलीपल्टै अर्थात २०७४ पुस २० गते सुन तस्करीमा संलग्न दावा छिरिङ र अर्का एक चिनियाँ नगारिकलाई फर्जी विवरणका आधारमा वंशजको नागरिकता दिएको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

खरेल हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सूचना तथा गुनासो सुनुवाई अधिकारीका रुपमा कार्यरत छन् । त्यस्तै, खरेलसँगै काभ्रेकै तत्कालीन नायब सुब्बा राचन्द्र अर्याल पनि संलग्न रहेको पाइएको छ । उनले चिनियाँ तस्करहरुको नागरिकता बनाउनका लागि प्रयोग भएका फर्जी विवरण कम्प्युटर प्रणालीमा ‘इन्ट्रि’ गरेका थिए । हाल उनी यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङमा छैटौं तहको अधिकृतका रुपमा कार्यरत छन् ।

यसरी काभ्रेबाट ‘सेटिङ’ गरेर नेपाली नागरिकता लिएका दावा छिरिङ पक्राउ परिसकेका छन् भने अर्का चिनियाँ नागरिक भने फरार छन् । हाल उनको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । त्यस्तै, उक्त प्रकरणमा वडाध्यक्ष सरस्व्ती पण्डित कार्कीको पनि संलग्नता देखिएको छ । उनले चिनियाँ तस्करलाई फर्जी विवरणका आधारमा नागरिकताका लागि सिफारिस गरेको पाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: