काठमाडौं । चोरेको सुन बैंकमा धितो राखेर ऋण लिने एक युवति पक्राउ परेकी छिन् । आफ्नै साथिको घरबाट सुन चोरेर नेपाल बैंक लिमिटेडमा धितो राखि ‘गोल्ड लोन’ लिने लमजुङकी २७ वर्षिया सुजा घिमिरे पक्राउ परेकी हुन् ।
उनीमाथि दुई वटा चोरीको आरोप रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताएका छन् । सुवेदीका अनुसार गत वैशाख २५ गते बेशीसहर नगरपालिका ७ क्याम्पस रोडस्थित जमुना रिमाल र न्यू इरा बोर्डिङ स्कुल नजिकै रहेको बालकुमारी घिमिरेको घरबाट सुनका गहना चोरीमा सुजाको संलग्नता देखिएको छ ।
सुजा गहना चोरी भएकी जमुना र बालकुमारीको छोरीको साथी भएको पाइएको छ । साथी भएकै कारण दुवै घरमा सुजाको आउजाउ भईरहन्थ्यो । सोही बेला सुजाले आफ्नै साथीको घरबाट सुनका गहना चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘हामीकहाँ भदौ १ गते गहना चोरी भएको भन्दै उजुरी परेको थियो । घटना एकै ठाउँको भएकाले हामीले दुवै घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान गर्यौं ।’, प्रहरी निरीक्षक सुवेदीले भने, ‘अनुसन्धानका क्रममा दुवै घटनाको कनेक्सन सुजासँग जोडिएपछि उनलाई पक्राउ गरेका हौँ ।’ हाल पक्राउ परेकी सुजालाई जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको छ ।
चोरेको सुन बैंकमा धितो राखेर ऋण
यसो त सुजाले जमुना र बालकुमारीको घरबाट सुन चोरिनन् मात्रै, बरु उक्त सुन बैंकमा धितो राखेर ऋण लिएको समेत पाइएको छ । सुजाले चोरी गरेको करिब ३ तोला सुन नेपाल बैंक लिमिटेडमा धितो राखी एक लाख ८० हजार रुपैयाँ ‘गोल्ड लोन’ लिएको खुलेको हो । बैंकले पनि कुनै बिलबिना नै उक्त सुन धितोमा राखेर ऋण दिएको पाइएको छ ।
बैंकमा सुन धितोमा राख्दा बैंकले बिल नखोज्नु र सहजै रुपमा ऋण गर्नुले पनि उक्त प्रकरणका बैंकका मेनेजरकोसमेत मिलेमतोको आशंका गरिएको छ । यद्यपी उक्त विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सुजाले दुवैको घरबाट करिब २३ तोला सुन बराबरको गहना चोरी गरेको पाइएको छ । जसमध्ये ३ तोला सुन बैंकमा धितोमा राखिएको पाइएको छ भने बाँकी गहना सुजाको कोठाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको कोठाबाट एउटा रानीहार, दुईवटा बाला, चारवटा औँठी, सिक्री, मिनिहार, टप लगायतका सामान बरामद गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्