×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक उत्तरदायित्वको बजेटमा सिटिजन्स बैंकले आफ्नै कर्मचारीहरुलाई बाँड्यो चकलेटसहित एक झोला उपहार, राष्ट्र बैंक भन्छ-‘मिल्दै मिल्दैन’

PRIME CA

सामाजिक उत्तरदायित्वको बजेटमा सिटिजन्स बैंकले आफ्नै कर्मचारीहरुलाई बाँड्यो चकलेटसहित एक झोला उपहार, राष्ट्र बैंक भन्छ-‘मिल्दै मिल्दैन’

२५ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दशैंमा ठुला क्लाइण्ट, नियामक निकायका हाकिम र पत्रकारलाई मान्छेका हैसियत हेरेर ब्ल्याक लेभलदेखि रेड लेभलसम्म बाँड्ने सिटिजन्स बैंकले तीजमा आफ्ना महिला कर्मचारीहरुलाई तीज विशेष उपहार प्रदान गरेको छ । बैंकले आफ्ना महिला कर्मचारीहरुलाई तीजको कोसेली स्वरुप स्वास्थ्य सामाग्री प्रदान गरेको हो । बैंकको १८८ शाखामा कार्यरत ८ सय भन्दा बढी महिला कर्मचारीलाई सो उपहार प्रदान गरिएको बैंकले जनाएको छ । तर यसरी आफ्नै कर्मचारीलाई तीजको कोसेली दिंदा बैंकले सामाजिक उत्तरदायित्वको पैसाको प्रयोग गरेको छ । जुन सरासर नेपाल राष्ट्र बैंकले जारी गरेको सामाजिक उत्तरदायित्वसम्बन्धि व्यवस्थाको बर्खिलाप छ ।
बैंकले सामाजिक उत्तरदायित्व भन्दै तीजको अवसरमा आफ्ना महिला कर्मचारीलाई स्यानिटरी प्याड, स्यानिटरी लाइनर, वेट टिस्यु, चकलेट लगायतको गिफ्ट प्याक बाँडेको छ । बैंककि कर्पोरेट कम्युनिकेसनमा कार्यरत कर्मचारी स्मारिका तिवारीले सो उपहार वितरण गर्दा सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट प्रयोग भएको पुष्टी गरिन् । ‘हो, सामाजिक उत्तरदायित्व अन्तर्गत, तीजमा महिला कर्मचारीहरुलाई प्याक वितरण गरिएको हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनिन्- ‘सो प्याकमा स्वास्थ्य सामाग्रीहरु राखिएका छन् ।’
उनले स्वास्थ्य सामाग्री मात्र भने पनि सो प्याकमा चकलेट पनि राखिएको छ ।  ‘आफ्नै कर्मचारीलाई उपहार दिंदा पनि सामाजिक उत्तरदायित्वको पैसा प्रयोग गर्न मिल्छ त ? भन्ने अर्थ सरोकारको प्रश्नमा तिवारीको जवाफ थियो- ‘आफ्ना कर्मचारीलाई स्वास्थ्य सामाग्री दिंदा सामाजिक उत्तरदायित्व भईहाल्यो नि । हामी पनि त यहि समाजको मान्छे हो नि, होइन र ? नमिल्ने के छ र ?’
‘अनि चकलेट पनि सामाजिक उत्तरदायित्वभित्र पर्छ त ?’ हाम्रो प्रश्नमा तिवारीले भनिन्- ‘त्यो त हल्का मुख मिठा पार्न हाल्दिएको नि !’
 राष्ट्र बैंक भन्छ- ‘मिल्दै मिल्दैन’
सामाजिक उत्तरदायित्व भनेर आफ्नै कर्मचारीलाई चकलेटसहितका सामाग्री बाँड्न मिल्छ त ? हामीले यहि प्रश्न गर्न नेपाल राष्ट्र बैंकका प्रवक्ता गुनाकर भट्टलाई फोन गर्यौँ । उनको फोन अफ भएको पाइएपछि हामीले राष्ट्र बैंकका सह प्रवक्तालाई फोन गर्यौँ । सह प्रवक्ताको पनि फोन अफ भएको पाइएपछि हामीले नेपाल राष्ट्र बैंकका सुपरभिजन साखाका एक अधिकारीलाई यो प्रश्न गर्यौँ । जवाफमा उनले भने- ‘सामाजिक उत्तरदायित्व भनेर चकलेटसहितका सामाग्री राखेर आफ्नै कर्मचारीलाई बाँड्न पाइन्न । सामाजिक उत्तरदायित्वमा के गर्न पाइन्छ, के गर्न पाइन्न भन्ने कुरा राष्ट्र बैंकले स्पष्ट पारेको छ । जहाँसम्म चकलेटसहितका सामाग्री राखेर आफ्नै कर्मचारीलाई प्याक बाँडिएको भन्ने छ, त्यो उपहार भनेर अन्य खर्चमा हाल्न मिल्छ, सामाजिक उत्तरदायित्व भनेर त मिल्दै मिल्दैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: