काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफुलाई थुन्नका लागि ठूलो षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार हङकङ जानुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रसाईंले आफूलाई थुन्नका लागि भित्रभित्रै ठूलो षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘केही मारवाडीहरु आईजीपी÷एआईजीकोमा पनि गएका थिए रे, दुर्गा प्रसाईंलाई जसरी पनि थुन्नुपर्यो भनेर ।’, उनले भने, ‘यीनिहरुलाई मैले जानेको छु । हङकङबाट नेपाल फर्केपछि देखाइदिन्छु । कसरी उनीहरुको घरघरमा जान्छु भनेर ।’
त्यस्तै, प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएकोसमेत आरोप लगाएका छन् । भ्रष्टाचारविरुद्ध र देश बचाउनका लागि आवाज उठाउँदा केपि ओलीले आफुलाई पागल भनेको भन्दै प्रसाईंले ओली पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् । भिडियोः
दुर्गा प्रसाईंलाई थुन्नुपर्यो भन्दै प्रहरीकहाँ को गयो ?
दुर्गा प्रसाईंलाई थुन्नुपर्यो भन्दै प्रहरीकहाँ को गयो ? प्रसाईं भन्छन्- ‘नेपाल फर्केर देखाईदिन्छु’ || Durga Prasain || Artha Sarokar
Posted by Artha Sarokar on Monday, September 4, 2023