Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकद्वारा चेक जम्मा गर्ने मेसिनको सुभारम्भ, एकपटकमा एक लाख रुपैयाँसम्म डिपोजिट गर्न सकिने

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई बैंकले चेक जम्मा गर्ने मेसिनको सुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बैंकको केन्द्रिय कार्यालयमा क्यास तथा चेक सेवाका लागि नयाँ डिजिटल सेवाको शुभारम्भ गरेका हुन् ।

ग्राहकहरुको समस्यालाई बुझेर चेक जम्मा गर्ने मेसिनको व्यवस्था गरिएको ढकालले बताएका थिए । अव लाईन बस्नु पर्ने झन्झटबाट मुक्त भई ग्राहकहरुले मेसिनबाटै सोझै नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्नेछन् । उनले भने,‘ग्राहकलाई छिटो भन्दा छिटो सेवा दिने उदेश्यले चेक जम्मा गर्ने मेसिनको सुरुवात गरिएको हो। यसले आम ग्राहकलाई सेवा दिने र बैंकको काउन्टरमा भिड लाग्नबाट र समय बचाउन मदत गर्छ ।’

त्यस्तै, बैंकले ग्राहकहरुलाई नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको जनाईएको छ । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्नेछन् ।

बैंकका अनुसार करिब २ मिनेटमा ग्राहकले जम्मा गरेको रकम खातामा जम्मा हुनेछ भने ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि उक्त मसिनबाटै प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौंको न्यूरोड र कमलादी तथा काठमाडौं बाहिर इटहरी, नारायणघाट र बुटवल तथा चेक डिपोजिटर कमलादी, न्यूरोड र कुलेश्वर तथ काठमाडौं बाहिर विरगजं र पोखरामा राखिएको जनाएको छ । उक्त मेसिनबाट एकपटकमा एक लाख रुपैयाँसम्म डिपोजिट गर्न सकिने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK