×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरको निधन भएको भन्दै अफवाह फैलाउनेविरुद्ध उजुरी गर्दै राष्ट्र बैंक, प्रहरीको निगरानीमा आधा दर्जन ‘फेक अकाउन्ट’

PRIME CA

गभर्नरको निधन भएको भन्दै अफवाह फैलाउनेविरुद्ध उजुरी गर्दै राष्ट्र बैंक, प्रहरीको निगरानीमा आधा दर्जन ‘फेक अकाउन्ट’

२२ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘गभर्नर महाप्रसाद अधिकारीको निधन’ भन्दै हल्ला फैलाउनेविरुद्ध उजुरी दिने भएको छ । बिहीबार ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सवारी दुर्घटनामा निधन’ भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाउनेविरुद्ध राष्ट्र बैंकले एक्सन लिने भएको हो ।

हाल गभर्नर अधिकारी कामको शिशिलामा भारत गएका छन् । उनी भारत गएको मौका छोपी समाजिक सञ्जाल फेसबुकमा ‘शेयरबजारको मनोविज्ञानवेत्ता–बुलबहादुर’ नामको फेसबुक आईडीमा गभर्नर अधिकारीको सवारी दुर्घटनामा निधन भन्दै आफवाहपूर्ण पोष्ट सार्वजनिक गरिएको छ । हालसम्म उक्त पोष्टमा १०१ जनाले प्रतिक्रिया दिएका छन्, भने ७८ सेयर र ६३ कमेन्ट आएको छ । जहाँ अधिकांशले हार्दिक श्रद्धान्जली लेखेका छन् भने केहीले अफवाह भएको भन्दै सचेत गराएका छन् ।

तर, हालसम्म उक्त पोष्ट डिलिट भने भएको छैन । यता राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो निधनको अफवाह पूर्ण रुपमा झुठो भएको बताएका छन् । गभर्नर अधिकारीले आफ्नो निधनको अफवाह फैलाउनेविरुद्ध कानूनी उपचारमा जाने बताएका छन् ।

हाल गभर्नर अधिकारीको निधनको अफवाहपूर्ण पोष्ट सार्वजनिक गर्नेविरुद्ध थप अध्ययन गररहेको राष्ट्र बैंकको जनसम्पर्क महाशाखाले जनाएको छ ।

यता प्रहरीले पनि गभर्नरविरुद्ध अफवाह फैलाउने ‘फेक अकाउन्ट’लाई निगरानीमा राखेको र कतिपयको आईपी ट्रयाक गरिरहेको बताएको छ । यसरी अफवाह फैलाउनेहरुमध्ये कतिपय नेपालमै र कतिपय विदेशमै रहेको पाइएको प्रहरी स्रोतले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: