Skip to content
LAXMI SUNRISE BANK

‘यो देशमा मुख्यमन्त्रीलाई आलिशानको महल बन्छ, क्रिकेट रंगशाला किन बन्दैन ?’- सांसद हरि ढकाल

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले खेलाडीहरुका लागि एउटा गुणस्तरीय रंगशाला नबनेको भन्दै दुःख व्यक्त गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले नेताहरुका लागि आलिशान महल बन्दा खेलाडीका लागि रंगशाला बन्न नसेको भन्दै दुःख व्यक्त गरेका हुन् ।

सांसद ढकालले नेपालको खेल इतिहास र खेल क्षेत्र कसैले जोगाएको टिप्पणी गरेका छन् । ‘यहाँ सरकारले एउटा अन्तराष्ट्रिय रङ्गशालामा लाइट हाल्दैन । अन्तराष्ट्रिय रुपमा बेईज्जत कमाउनु पर्छ । खेलाडीका लागि रङ्गशाला बनाइँदैन ।’, उनले भने, ‘तर, भैँसीपाटीतिर मुख्यमन्त्रीहरु कमाठमाडौं आउँदा सुत्न आलिशान महल बनाइन्छ ।’

त्यस्तै, सांसद ढकालले आफूले क्रिकेट खेलाडीहरुले एक छाक खाएरै भए पनि पैसा जोगाएर ‘ब्याट’ किनेको तर सरोकारवालाले नदेखेको भन्दै आक्रोश पोखेका छन् । ‘खेलाडीहरुले एक छाक खाएर, पैसा जोगाएर क्रिकेट ब्याट किनेको मैले देखेको छु तर सरोकारवालाहरुले देख्दैनन् ।’, उनले भने ।

त्यस्तै, उनले सरकारले खेलाडीहरुलाई दिने भनिएको पैसा यो हप्ताभित्र खेलाडीहरुको खातामा पठाउन पनि माग गरेका छन् । खेलाडीलाई दिने भनिएको रकम कसले नपठाएको हो ? भन्ने विषयमा पनि जानकारी गराउन सांसद ढकालले सरकारसँग माग गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK