×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षक आन्दोलनका नाममा काठमाडौंका विद्यालय बन्द गर्न नपाइने, गरे कारवाही हुने !

PRIME CA

शिक्षक आन्दोलनका नाममा काठमाडौंका विद्यालय बन्द गर्न नपाइने, गरे कारवाही हुने !

३ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरले कारवाही गर्ने भएको छ । राष्ट्रिय शिक्षक महासंघको अनिश्चितकालीन विद्यालय बन्दको घोषणालाई अस्वीकार गर्दै महानगरले आन्दोलनका नाममा मातहतका विद्यालय बन्द गरे कारवाही गर्ने भएको हो ।

हाल प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु काठमाडौंको माइतीघरमा आन्दोलित बनेका छन् । उनीहरुले असोज ४ गते (बिहीबार)देखि देशभर विद्यालय बन्दको घोषणासमेत गरेका छन् ।

तर, काठमाडौं महानगरपालिका भित्र भने आन्दोलनका नाममा विद्यालय बन्द गर्न नपाइने महानगरका प्रवक्ता नवीन महर्जनले बताएका छन् । ‘विधेयकमा फरक मत पक्कै होला तर विद्यालय बन्द गरेर समस्याको हल निस्किदैन । बरु, उल्टै बालबालिकाको पढाई प्रभावित हुन्छ ।’, उनले भने, ‘आन्दोलनका नाममा विद्यालय बन्दको घोषणा हामिलाई मान्य छैन । विद्यालय बन्द गरे कारवाही गर्छौं ।’

योसँगै विद्यालय बन्द गरेर विद्यालयमा हाजिर नहुने शिक्षकलाई पनि कारवाही गर्ने महानगरले चेतावनी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: