×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष कुमार रम्तेल पक्राउ

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । एसएसपी सोमेन्द्र सिंह राठौरले उनी पक्राउ परेको पुष्टी गरे । यसअघि संस्थाका पूर्व अध्यक्ष जिबी राईसहित ७ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

बचतकर्ताको अर्बौ रकम हिनामिना र रकम फिर्ता नगरेको आरोपमा उनीहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरुद्ध ९७१ जनाले जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: