×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलओडी कर छली प्रकरणः फर्जी बिल बिजक प्रयोग गर्दै कर छलेको प्रमाण फेला, विस्तृत अनुसन्धान गरिने !

PRIME CA

एलओडी कर छली प्रकरणः फर्जी बिल बिजक प्रयोग गर्दै कर छलेको प्रमाण फेला, विस्तृत अनुसन्धान गरिने !

१९ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित ‘नाइट क्लब’ लर्ड अफ ड्रिंक्स (एलओडी) माथि विस्तृत अनुसन्धान गरिने भएको छ ।

कर छली प्रकरणमा राजस्व अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानबाट एलओडीले दैनिक गर्ने कारोबारको वास्तविक बिल बिजक जारी नगरी कर छली गरिरहेको पाइएपछि विभागले विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको हो ।

एलओडीको कर छली प्रकरणबारे विस्तृत अनुसन्धानका लागि विभागका महानिर्देशक नवराज ढुंगानाले विभागका निर्देशक सन्तोष पौडेललाई अनुसन्धान अधिकृत तोकेका छन् ।

योसँगै अनुसन्धान अधिकृतले अनुसन्धान सुरु गरेको मितिदेखि ६ महिनाभित्र अनुसन्धान सक्नुपर्नेछ । विभागले गत साउन २७ गते कर छलीको आशंकामा एलओडीमा छापा मारेको थियो । सोही क्रममा विभागले एलओडीको गोदाममा सील लगाएर विभिन्न कागजात नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका कागजात अध्ययन गर्दा कर छली भएको निष्कर्ष विभागले निकालेको छ ।

हाल एलओडीको गोदाममा लगाइएको सील खोलिएको छ भने कानुन अनुसार मूल्य अभिवृद्धि कर र आय कर नतिरेको भन्ने लिखित उजुरी र विभागको प्रारम्भिक अनुसन्धानका आधारमा अब एलओडीको कर छली प्रकरणबारे विस्तृत अनुसन्धान गरिने भएको छ । एलओडीका मुख्य सञ्चालक राजू सिंह सुवाल र रविन श्रेष्ठ हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: