×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्दो ट्रेण्डमा ब्रोइलर कुखुराको भाउ, ८ दिनमा तेस्रो पटक मूल्यवृद्धि, किलोमै १५ रुपैयाँ बढ्यो !

PRIME CA

बढ्दो ट्रेण्डमा ब्रोइलर कुखुराको भाउ, ८ दिनमा तेस्रो पटक मूल्यवृद्धि, किलोमै १५ रुपैयाँ बढ्यो !

३ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ब्रोइलर कुखुराको मासु पुनः महंगिएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको बैठकले बुधबारदेखि लागू हुनेगरि ब्रोइलर कुखुराको मूल्य बढाएको हो । कुखुराको मासुमा भएको भएको मूल्यवृद्धि पछिल्लो ८ दिनमा तेस्रो पटक हो ।

संघले निर्णयअनुसार जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले वृद्धि गरिएको छ । अर्थात अब जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २ सय ८० रुपैयाँ पुगेको छ ।

यता जिउँदो ब्रोइलर कुखुराको मूल्य वृद्धि हुँदा तयारी मासुको मूल्यमा पनि वृद्धि भएको छ । हाल बजारमा ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलो ४ सयदेखि ४ सय १५ रुपैयाँसम्म बिक्री भइरहेको छ । जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ वृद्धि हुँदा तयारी मासुको मूल्य भने प्रतिकिलो १५ रुपैयाँ बढ्ने व्यवसायीहरू बताउँछन् ।

कुखुराको मासुमा भएको मूल्यवृद्धि दशैँ तिहारको मुखमा थप बढ्ने अनुमान गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: