×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

पैसाको पिरलोः बंगलादेशका अन्तराष्ट्रिय क्रिकेटर खान्छन् क्यानाडाको प्रहरीमा जागिर !

SAGARMATHA CEMENTS

काठमाडौं । आखिर पैसाको मोह कसलाई हुँदैन र ? आफूसँग सानदार घर होस्, गाडी होस्, टन्न पैसा होस् र सबै विलासिता सेवाको उपभाग गर्न सकियोस् भन्ने चाहना नहुने मान्छे यो संसारमा सायदै भेटिएलान् । कतिपय मान्छेहरु राम्रै नाम र दाम हुँदाहुँदै पनि पैसाकै लागि ‘साईड विजनेश’ वा अन्य पेशामा लागिरहेका हुन्छन् । जसको ज्वलन्त उदाहरण हुन् अन्तराष्ट्रिय क्रिकेटर मेहराब होसैन जुनियर ।

होसैन बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर हुन् । सन् २००६ मा बंगलादेशको राष्ट्रिय टोलिमा ‘डेब्यु’ गरेका होसैनले बंगलादेशका लागि टेस्ट, एकदिवसीय र टि–२० अन्तराष्ट्रिय गरी तीन वटै खेल खेलिसकेका छन् । होसैनलाई अधिकांश क्रिकेट प्रेमीहरुले ‘लेफ्ट ह्याण्ड’ (बाँया हाते) ब्याट्सम्यानका रुपमा पनि चिन्ने गर्छन् । हाल उनै चर्चित क्रिकेटर होसैन क्यानाडा प्रहरीमा जागिर खान्छन् ।

होसैन शुक्रबार मात्रै क्यानडाको रोयर क्यानेडियन मोन्टेड पुलिस (आरसीएमपी)मा आवद्ध भएका छन् । ३६ वर्षीय होसैनलाई क्यानडाको नियाग्रा क्षेत्रीय प्रहरी मुख्यालयमा प्रहरी अधिकृतको ब्याच प्रदान गरिएको छ । उनले क्यानडामा कन्स्टेबल पदबाट जागिर सुरु गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मेहराब होसैन जुनियर बंगलादेशका लागि खेलेको सात टेस्ट खेलमा दुई सय ४३ रन बनाएका थिए । ब्याटिङमा मात्र होइन, होसैन उत्कृष्ट बलर पनि हुन् । उनले टेस्ट क्रिकेटमा चार विकेट पनि लिएका थिए । त्यस्तै, एकदिवसीय क्रिकेटमा पनि सर्वाधिक ५४ रन बनाएका होसैनले त्यहाँ पनि ४ विकेट लिएका थिए ।

अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट टाढिएपछि होसैनले केही समय घरेलु क्रिकेट भने खेलेका थिए । तर, सक्रिय खेलजीवनबाट टाढिएपछि हाल होसैन क्यानडा प्रहरीमा कार्यरत रहेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal