×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नियत बिग्रेका केहीले गर्दा सहकारी क्षेत्रमाथि नै प्रश्न उठ्नु दु:खद्’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘नियत बिग्रेका केहीले गर्दा सहकारी क्षेत्रमाथि नै प्रश्न उठ्नु दु:खद्’

१९ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेलले केही सहकारीको गलत नियतका कारण पूरै सहकारी क्षेत्रमाथि नै प्रश्न उठेको गुनासो गरेका छन् । नेपाल सहकारी पत्रकार समाजको १३औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले पछिल्लो समय केही सहकारीमा समस्या आएकै कारण पुरै सरकारी क्षेत्रमाथि नै प्रश्न उठेको बताएका हुन् ।

यसरी समग्र सहकारी क्षेत्रमाथि नै प्रश्न उठ्नुको पछाडी केही नियत बिग्रेका संस्था र व्यक्तिको हात भएको कँडेलले कार्वाहीको समेत माग गरेका छन् । ‘पछिल्लो समय केही संस्थाहरुमा समस्या आएको नै छ । केही सहकारीको गलत नियतका कारण समग्र सहकारी क्षेत्रमा अहिले प्रश्न चिन्ह खडा भएको छ ।’, कँडेलले भने, ‘यसरी गलत नियतका साथ काम गरेका संस्था र व्यक्तिलाई कार्वाही गर्नुपर्छ ।’

त्यस्तै, कँडेलले नेपालले सहकारी क्षेत्रलाई तीन खम्बे अर्थनीतिमा राखेकोले यसको माध्यमबाट मुलुकलाई समाजवादतर्फ लैजानुपर्ने बताएका छन् । सहकारीकै माध्यमबाट मुलुकको अर्थतन्त्र चलायमान हुनुका साथै मुलुकलाई समाजवादमा पुर्याउने लक्ष्य पूरा हुने भएकाले पनि यसफर्त चासो दिनुपर्ने कँडेलको भनाई छ ।

सहकारीलाई एउटा बलियो खम्बा बनाउन सबैको भूमिका आवश्यक भएको भन्दै गरिबी न्यूकरणमा पनि सहकारीको भूमिका महत्वपूर्ण देखिएको कँडेलको भनाई छ । ‘हाल नेपालमा ३२ हजार सहकारीहरु छन् । जसमा रहेका ७४ लाख सदस्यहरुमध्ये ५६ प्रतिशत महिलाहरु छन् ।’, उनले भने, ‘८ खर्बभन्दा बढि पुँजी परिचालित भएको छ । यसले आर्थिक, सामाजिक, सांस्कृति र वातावरणको क्षेत्रमा परिवर्तन ल्याउनका साथै जनतको जीवनस्तर बदल्न पनि महत्वपूर्ण भूमिका खेल्छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: