काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडमा सीइओ नियुक्तिका विषयमा नेपाल राष्ट्र बैंकले प्रश्न उठाएको छ । संस्थाले पुस्कर राज जोशीको नियुक्तिको विषयलाई लिएर प्रश्न उठाएको हो । आर्थिक बर्ष २०७९-८० मा नेपाल राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंकले संचालक समितिको बैठक नम्बर २२१ को २०७८-०७-०५ को बैठकले जोशीलाई नियुक्त गर्दा नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन नम्बर ६ को बुँदा नम्बर ३(१)को व्यवस्था / प्रचलित कानुन बमोजिम विज्ञापन नगरी विना प्रतिष्पर्धा नियुक्त गरेको र यसरी कानुन मिचेर गरेको नियुक्तिपछि उनलाई कम्पनी सचिवको जिम्मेवारीसमेत दिएको उल्लेख छ ।

जोशी यसअघि साइन रेशुङ्गा डेभलपमेन्ट बैंकमा डेपुटी सीइओका रुपमा कार्यरत थिए । तत्कालीन भागर्व बिकास बैंक साइन रेसुङ्गामा मर्ज भएपछि भागर्वमा सीइओ रहेका उनी साइन रेशुङ्गाको डेपुटी सीइओ भएका थिए । उनी त्यहाँ भीआरएस लिएर बैंक छोडी मिर्मिरे लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जागिर खान आएका थिए । उनको यहि नियुक्तिमा राष्ट्र बैंकले प्रश्न उठाएको हो ।

‘त्यसो भए नेपाल राष्ट्र बैंकले किन निरीक्षणका क्रममा कैफियत देखायो त ? के राष्ट्र बैंक गलत हो त ?’ भन्ने हाम्रो प्रश्नमा जोशीले भने- ‘राष्ट्र बैंकले गलत भन्यो भन्न मिल्दैन । राष्ट्र बैंकले त पुस्कर जोशी को हो ? कसरी चिनेको ? भ्याकेन्सी ननिकाली कसरी उ ठिक छ भनेर थाहा भयो त ? भनेर बुझ्न खोजेको होला । राष्ट्र बैंकले यसरी बेलाबेला सजग नगराए त बैंक तथा वित्तीय संस्था बिग्रिहाल्छन् नि ।’ उनले भने ।शैक्षिक योग्यता नै नपुगेकालाई कम्पनी सचिवको जिम्मा !यता मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडमा शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई कम्पनी सचिवको जिम्मा दिइएकोसमेत पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा कम्पनीमा कार्यरत बिर्ख बहादुर बोहोरालाई कम्पनी सचिवमा नियुक्ति दिँदा उनको शैक्षिक योग्यता नै नपुगेको भन्दै प्रश्न उठाएको छ । कम्पनी सचिवमा नियुक्त हुँदा बोहोराको शैक्षिक योग्यता एमए (पोलिटिकल साइन्स) थियो । यो योग्यता कम्पनी ऐन२०६३ को दफा १८५ को उपदफा २ अनुसार अपुग रहेको भन्दै नेपाल राष्ट्र बैंकले प्रश्न उठाएको हो ।नेपाल राष्ट्र बैंकले प्रश्न उठाएपछि कम्पनी सचिवको जिम्मेवारीबाट बोहोरालाई हटाइएको थियो ।
यता बोहोराले पनि आफु कम्पनी सचिव हुँदा आफ्नो योग्यता नपुगेको स्वीकार गरे । ‘म यो संस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको व्यक्ति भएकोले कम्पनीले मलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो । मैले सोहि अनुसार काम गरेको हो । पछी मेरो शैक्षिक योग्यता अपुग भएको भन्दै प्रश्न उठेपछि कम्पनी सचिवको जिम्मा अरुलाई नै दिईएको थियो । यो त्यतिबेला नै मिलेको केस हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै बोहोराले भने, ‘त्यतिबेला नै सबै मिलिसकेको हो । मैले त्यतिबेला नै कम्पनी सचिवको जिम्मेवारी छोडिसकेको हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्