×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनकै शैलीमा प्राइम बैंकका ऋणीले ‘बैंकमा आगो लगाईदिन्छु’ भनेपछि राष्ट्र बैंकले थमायो यस्तो पत्र…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बालेनकै शैलीमा प्राइम बैंकका ऋणीले ‘बैंकमा आगो लगाईदिन्छु’ भनेपछि राष्ट्र बैंकले थमायो यस्तो पत्र…!

Artha Sarokar

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । अहिले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारमा आगो लगाईदिन्छु भनेर लेखेको स्ट्याटस चर्चामा छ । एक साता अघि जन्मिएका दुई सन्तानमध्ये एकको निधन भएको अवस्था र अर्की छोरी आईसीयुमा उपचाररत रहेको अवस्थामा बालेनले बिरामी श्रीमती बोकेको गाडी रोकेको भन्दै आक्रोश पोखेका हुन्। अहिले यो प्रसङ्ग चर्चामा रहेका बेला यस्तै घटना राष्ट्र बैंकमा पनि भएको छ । प्राइम कर्मर्सियल बैंकले आफुलाई ठगेको भन्दै एक ऋणीले आफ्नो समस्या समाधान नभए प्राइम बैंक र राष्ट्र बैंकमा आगो लगाईदिन्छु भनेपछि हंगामा मच्चिएको खुलासा भएको छ ।
साबिकको कैलाश बिकास बैंकले आफ्नो पैसा खाईदिएको, पछि केहि पैसा फिर्ता दिएको तर सो पैसा पुन: ब्याजका नाममा तानिदिएको, आफुलाई काम गर्न नदिएर आफ्नो ऋणको रकम बैंकले दुरुपयोग गरेको र आफुलाई काम गर्न नदिएको भन्दै उनी केहि बर्षयता कैलाश बिकास बैंकसँग लडाईमा थिए । अहिले कैलाश बिकास बैंक प्राइम कमर्सियल बैंक भएको छ ।
ऋणी रेशम राज पन्थीका अनुसार उनको पैसा बैंकले दुरुपयोग गरेको छ । ‘मेरो पैसा बैंकले दुरुपयोग गरेको त छ नै, पछि केहि पैसा फिर्ता त दियो तर फेरी त्यहि पैसा ब्याज भनेर तानिदियो । मलाई काम गर्न दिएको छैन, बरु उल्टै मलाई सडकमा पुर्याउने खेल भएको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पन्थीले भने-‘हदै भएपछि के गर्नु ? म विद्रोही बनेको छु ।’
उनले राष्ट्र बैंकमा भएको राष्ट्र बैंकका प्रतिनिधि, प्राइम बैंकका प्रतिनिधि र आफुबीचको बैठकमा आफुले प्राइम बैंक र राष्ट्र बैंकमा आगो लगाईदिन्छु भनेको पुष्टी गरे । ‘म ठगिएको छु । मैले मलाई ठग्ने प्राइम कमर्सियल बैंकविरुद्ध कारवाही गरेर मलाई न्याय नदिए म राष्ट्र बैंक र प्राइम कमर्सियल बैंकमा आगो लगाईदिन्छु भनेको हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पन्थीले भने- ‘मर्ता क्या नहिं कर्ता भनेझैं भएको छ । बैंकको बदमासी कति सहने ?’बैठकमा पन्थीले राष्ट्र बैंकका प्रतिनिधि र बैंकरहरुलाई ‘डाका’ भनेकोसमेत पन्थीले स्वीकारे । ‘हो, मैले उनीहरुलाई डाका भनेको हो । मेरो पैसा खाईदिएका छन्, मलाई सडकमा पुर्याउन लागे, अनि के भन्नु त ?’
यता राष्ट्र बैंकले भने ऋणी पन्थीलाई एक पत्र पठाउँदै आगामी दिनमा बैठकमा दुर्व्यवहार नगर्न भनेको छ । २०७९-१२-०८ मा बसेको बैठकमा पन्थीले अत्यन्तै अमर्यादित भाषा प्रयोग गरी अशोभनीय र आपत्तिजनक व्यवहार गरेकाले सो विषयमा राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको र त्यसमा खेद प्रकट गर्दै आगामी दिनमा त्यस्तो व्यवहार नदोहोर्याउन पत्राचार गर्ने निर्णय भएकोले सोहि अनुसार गरिएको भन्दै पन्थीलाई राष्ट्र बैंकले पत्राचार गरेको छ ।
पन्थी तिनै ऋणी हुन्, यसले यसअघि राष्ट्र बैंकमा प्राइम कर्मसियल बैंकका सीइओलाई ‘मेरो सबै खायौ, अव यो कोट पनि बेचेर खाउ’ भन्दै कोट फुकालेर दिएका थिए । तत्कालीन कैलाश बिकास बैंकका मेनेजरले आफ्नो पैसा दुरुपयोग गरेको आरोप पन्थीको छ । बैंकले आफ्नो पैसा खाईदिएको भन्दै पन्थीकी श्रीमतीले मेनेजरको नाक फुटाईदिएपछि बैंकले उनको दुरुपयोग भएको रकममध्ये ५० लाख दिएको थियो । पछि सो पैसा पनि ब्याजको रुपमा बैंकलाई नै तिरिसकिएको पन्थीको भनाई छ । मेनेजरको नाक फुटाईदिएका पन्थीकी श्रीमतीविरुद्ध बैंक प्रहरीकहाँ जाँदा प्रहरीले केस दर्ता गरिदिएको थिएन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी