×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भानुमति साना किसान कृषि सहकारीमा अढाई करोड हिनामिना, प्रबन्धक पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भानुमति साना किसान कृषि सहकारीमा अढाई करोड हिनामिना, प्रबन्धक पक्राउ

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भानुमती साना किसान कृषि सहकारी संस्थाका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको भिमाद नगरपालिका ९ सखेपस्थित भानुमती साना किसान कृषि सहकारी संस्थाका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको हो । 

सहकारीको रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा सहकारीका प्रबन्धक ५२ वर्षीय चुत्रबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले पुष्टि गरेका छन् । डीएसपी खाँणका अनुसार उनले विभिन्न मितिमा संस्थाको सेयर रकम तथा बचत रकम हिनामिना गरेको देखिएको छ । ‘संस्थाको रकम हिनामिना गरेको अभियोगमा थापालाई पक्राउ गरेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डीएसपी खाँणले भने, ‘थापा अहिले प्रहरी हिरासतमै छन् । थप अनुसन्धान गर्दैछौँ ।’ 

यसो त संस्थाका प्रबन्धक थापाले एक सय ३० सेयर सदस्यहरुको नाममा काल्पनिक ऋण लगानी देखाएर रकम हिनामिना गरेको समेत पाइएको छ । यसरी थापाले विभिन्न समयमा गरी संस्थाको दुई करोड ६९ लाख ७१ हजार ९ सय ६६ रुपैयाँ हिनामिना गरेको देखिएको प्रहरीले जनाएको छ । 

हाल पक्राउ परेका थापामाथि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मोहनबहादुर खाँणले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: