×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपति सहकारीमा फसेको रकम माग दाबी गर्न आग्रह 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पशुपति सहकारीमा फसेको रकम माग दाबी गर्न आग्रह 

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले समस्याग्रस्त पशुपति सेभिङ्ग एण्ड को–अपरेटिभमा फसेको बचतकर्ताको रकम फिर्ता गराउन पहल सुरु गरेको छ । एक सूचना जारी गर्दै सहकारी व्यवस्थापन समितिको कार्यालयले पशुपति सहकारीमा फसेको रकम फिर्ता गराउन पहल सुरु गरेको जनाएको हो । 

कार्यालयले सोही सूचना मार्फत सहकारीका रकम फसेका बचतकर्तालाई आफ्नो बचत रकम माग दाबी गर्न पनि आग्रह गरेको छ । 

बचतकर्ताहरुले सूचना जारी भएको ३५ दिनभित्र माग दाबीको आवेदन दिन सक्नेछन् । बचतकर्ताहरुले पशुपति सहकारीमा फसेको रकम फिर्ताको लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिन चाहनेले सहकारी व्यवस्थापन समितिको कार्यालयको वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ । 

बचतकर्ताको करिब ५३ करोड रुपैयाँ हिनामिना गरेको भन्दै सहकारीविरुद्ध परेको उजुरी र सहकारी विभागको सिफारिसका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पशुपति सहकारीलाई साउन १ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: